Category: समाचार

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

विराटनगर ।नेपाली बजारमा मंगलबार (भदौ ३) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार (भदौ २) सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो। यस्तै, चाँदीको

आज विश्वभर ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै

विराटनगर । हरेक वर्ष अगस्ट १९ का दिन मनाइने ‘विश्व फोटोग्राफी दिवस’ आज विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। फोटोग्राफीमा रुचि राख्नेहरूलाई प्रोत्साहन गर्ने र यसलाई व्यवसायिक रूपमा अंगीकार गरेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ। संसारको पहिलो तस्वीर सन् १८२६ मा फ्रान्सका जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफी प्रविधि प्रयोग गरी खिचेका थिए। त्यतिबेला एउटा तस्वीर

झापामा करेन्ट लागेर मृत्युनहुनेको संख्या बढ्दै

विराटनगर । झापामा विद्युत्को असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार महिनामै १० जनाले करेन्ट लागेर ज्यान गुमाएका छन्। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएकै कारण ग्रामीण क्षेत्रमा यस्तो दुर्घटना बढी हुने गरेको छ। “मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर

सर्लाही गोलीकाण्डकामा एक जना पक्राउ

विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा–५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना

विराटनगर । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई आवश्यक दक्ष

हमासको बन्धक विपिन जोशीको सुरक्षामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकारले हर सम्भव पहल गरिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकार निरन्तर कूटनीतिक पहलमा जुटिरहेको जानकारी दिएका हुन्। उनका अनुसार हाल विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी

मेलवर्न स्टार्स एकेडेमीविरुद्ध जितका लागि नेपाललाई १७६ रनको लक्ष्य

विराटनगर। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले मेलवर्न स्टार्स एकेडेमीविरुद्ध जितका लागि १७६ रनको लक्ष्य पाएको छ। डार्विनस्थित मर्रारा स्टेडियममा सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्स एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको हो। एकेडेमीका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५

सर्लाहीमा गोली प्रहार : एकजनाको मृत्यु, एक घाइते प्रहरी नियन्त्रणमा

विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ। शुक्रबार साँझ आफ्नै घरको आँगनमा छिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले यादवलाई गोली हानेका थिए। प्रहरीका अनुसार मोटरसाइकलमा आएका एक जनाले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादवलाई तत्काल

सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ

विराटनगर । सुनसरी कारागारको पर्खाल नाघी फरार भएका एक कैदी झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई आज बिहान बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट

श्रीकृष्ण जन्माष्टमी पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

बिराटनगर । भगवान् श्रीकृष्णको जन्मजयन्तीका अवसरमा आज देशभर विविध धार्मिक कार्यक्रमसहित श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीका दिन मध्यरातमा भएको विश्वास गरिन्छ। यही कारण यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनेर मनाइन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा विशेष पूजा–आराधना, भजन–कीर्तन,