विराटनगर । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न आज राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको छ। भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो। सो निर्णय अनुसार आज नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहेका छन्। साथै, राष्ट्रिय झण्डा
विराटनगर । आज नेपालभर कालीगढ समुदायले विश्वकर्मा भगवान्को पूजा–आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा कलकारखाना तथा उद्योग–धन्दामा विशेष पूजाआजा गरिन्छ। यस अवसरमा कलकारखानामा विश्वकर्माको बालुवा वा अन्य सामग्रीबाट मूर्ति बनाई वा तस्बिरमा पूजा गर्ने परम्परा रहेको छ। सजाइएको कार्यस्थलमा मजदुर र प्राविधिकलाई सहभागी
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले बढेको छ।
बिराटनगर । जेन–जी आन्दोलनका क्रममा भएको अराजक घटनामा ट्राफिक प्रहरीका बर्दी र सामग्री जलेपछि अहिले काठमाडौं उपत्यकाका धेरैजसो ट्राफिक प्रहरीहरू बिनाबर्दीमै ड्युटीमा खटिन बाध्य भएका छन्। तीनकुने क्षेत्रमा सोमबार दिउँसो ट्राफिक व्यवस्थापन गरिरहेका प्रहरी जवान धर्मराज देवकोटा झट्ट हेर्दा स्वयंसेवक जस्ता देखिन्थे। लोतावाल चप्पल, साधारण ट्राउजर र सर्टमा उनी सडकमा सिटी फुक्दै सवारी साधन व्यवस्थापन
विराटनगर । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)मा कार्यरत तीन जना करार कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ। स्वास्थ्य बिमा रकम दुरुपयोग गरेको पुष्टि भएपछि उनीहरूलाई बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ। बर्खास्त गरिएकामध्ये दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी रहेका छन्। उनीहरूले बिरामीलाई कम औषधि आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई पदलोभी भन्ने आरोप अस्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले ५ सय किलोमिटर दुरी पार गरेर देशको जिम्मा लिन पुगेको भए पनि खानेपानी र श्रम मन्त्रालय प्रस्ताव आएपछि नलिएको स्पष्ट पारेका छन्। ‘मलाई पदको लोभी भन्नेहरूलाई के थाहा? देश दनदनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेर
विराटनगर । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा रु एक खर्ब १९ अर्ब ११ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कूल वस्तु व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा २.५ प्रतिशतले बढेको हो। गत साउन महिनामा मात्रै मुलुकले रु एक खर्ब ४३ अर्ब ४ करोड बराबरको वस्तु आयात
मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परिवार भित्रको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन सामान्य राम्रो छ। हरेक काम गर्दा मिहिनेत गर्नुपर्ने छ। बोलीको प्रभावले सोचेका काम बन्नेछन् । व्यापारमा गरेको सहकार्यमा फाइदा होला। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। मिथुन : दिन
विराटनगर। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका स्वास्थ्यकर्मीले बिरामीको सेवामा निरन्तरता दिइरहेका छन्। अस्पतालका नर्सहरूले परिचयपत्र देखाउँदा समेत बाटोमा रोकिने समस्याको सामना गर्नुपरेको थियो। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित यस अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायतका ठाउँबाट आउने नर्सहरूलाई आवतजावतमा कठिनाइ
विराटनगर। प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवाहरूसँग भेट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीका अनुसार आज अपराह्न प्रधानमन्त्री कार्कीले अस्पतालमा पुगेर उपचाररत घाइतेहरूसँग स्वास्थ्य अवस्थाबारे बुझ्नुभएको हो। डा. रेग्मीका भनाइअनुसार, घाइतेहरूले प्रधानमन्त्रीसँग भेटमा आफ्नो बलिदान व्यर्थ नजाओस् भन्दै देशलाई निकास दिन आग्रह गरेका