विराटनगर । इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई अझ तिव्र बनाउन तयारी गरेको छ। सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएका भागहरूमा अपरेशनको नयाँ चरणलाई स्वीकृति दिएको एक वरिष्ठ अधिकारीले बताएका छन्। यो अपरेशन मुख्यत: गाजा सहरका ती क्षेत्रमा केन्द्रित हुनेछ, जहाँ इजरायली सेना अझै प्रवेश गरेको छैन र जहाँ हमास अझै सक्रिय रहेको अनुमान
विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने निरन्तर जारी छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखिएको
विराटनगर ।नेपाली बजारमा मंगलबार (भदौ ३) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार (भदौ २) सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो। यस्तै, चाँदीको
विराटनगर । हरेक वर्ष अगस्ट १९ का दिन मनाइने ‘विश्व फोटोग्राफी दिवस’ आज विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। फोटोग्राफीमा रुचि राख्नेहरूलाई प्रोत्साहन गर्ने र यसलाई व्यवसायिक रूपमा अंगीकार गरेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ। संसारको पहिलो तस्वीर सन् १८२६ मा फ्रान्सका जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफी प्रविधि प्रयोग गरी खिचेका थिए। त्यतिबेला एउटा तस्वीर
विराटनगर । झापामा विद्युत्को असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार महिनामै १० जनाले करेन्ट लागेर ज्यान गुमाएका छन्। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएकै कारण ग्रामीण क्षेत्रमा यस्तो दुर्घटना बढी हुने गरेको छ। “मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर
विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा–५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते
विराटनगर । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई आवश्यक दक्ष
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकारले हर सम्भव पहल गरिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकार निरन्तर कूटनीतिक पहलमा जुटिरहेको जानकारी दिएका हुन्। उनका अनुसार हाल विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी
विराटनगर। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले मेलवर्न स्टार्स एकेडेमीविरुद्ध जितका लागि १७६ रनको लक्ष्य पाएको छ। डार्विनस्थित मर्रारा स्टेडियममा सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्स एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको हो। एकेडेमीका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५
विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ। शुक्रबार साँझ आफ्नै घरको आँगनमा छिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले यादवलाई गोली हानेका थिए। प्रहरीका अनुसार मोटरसाइकलमा आएका एक जनाले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादवलाई तत्काल