विराटनगर ।देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको अवस्थामा आज मंगलबार देशका केही भूभागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी वायुको प्रभाव तीव्र बनिरहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको प्रभाव सबै प्रदेशमा देखिने महाशाखाको भनाइ छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
विराटनगर। कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्वस्थ जीवनशैली कायम गर्न खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित “स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाका लागि आयोजित पैरवी कार्यक्रम” उद्घाटन गर्दै मन्त्री राईले समाज, प्रदेश तथा राष्ट्रलाई स्वस्थ बनाउने अभियानमा सञ्चारकर्मीहरू सक्रिय बन्नुपर्ने बताए। उनले
विराटनगर। मोरङ र सुनसरीका सुन–चाँदी व्यवसायीहरूले नेपाल सरकारको अव्यवहारिक कर नीतिको विरोधमा सोमबार विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ, सुनसरी तथा आसपासका नगर इकाइहरूको संयुक्त आह्वानमा गरिएको विरोध कार्यक्रममा ३ सयभन्दा बढी व्यवसायी सहभागी भएका थिए। ‘सुन व्यवसायी एउटै छाता मुनी एकजुट छन्’ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू
विराटनगर। काठमाडौंमा भारतीय नागरिकमाथि लुटपाट गर्ने गिरोहमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र नीलकुमार तामाङ रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको नयाँबजार क्षेत्रबाट गएको शुक्रबार (असार २०) पक्राउ गरेको हो। प्रहरीका अनुसार ती तीनजनाले भारतीय नागरिकलाई होटेल
विराटनगर। सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते मनाइने संस्थाको स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो । पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत
विराटनगर । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने क्षेत्रमा लगानी गर्नु अनुचित भएको बताएका छन्। सिंहदरबारमा आज बिहान बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले वैदेशिक ऋण लिएर आम्दानी नहुने स्थानमा लगानी गर्नु उपयुक्त नहुने स्पष्ट पारे। सांसद सिंहले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भए पनि ती विमानस्थल प्रयोगमा नआएको भन्दै
विराटनगर। भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा रहेकी सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, घटनापछि राईले शनिबार राति सवा १ बजे आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी हत्या
विराटनगर। आज आषाढ शुक्ल एकादशी, सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा आराधना सुरु गर्दै छन्। यो दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ, जसबाट चतुर्मास व्रत आरम्भ हुन्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा रोपिएको तुलसीको बिरुवा आज घरको मोठमा सारिने प्रचलन छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ, र आजदेखि कार्तिक शुक्ल
विराटनगर। नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको बुद्ध एयरले सन् २०२५ को पहिलो छ महिनामा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। स्थापनाको करिब तीन दशकपछि समेत उस्तै गति कायम राख्दै कम्पनीले लगातार आम्दानी वृद्धि गर्दै आएको देखिएको छ। बुद्ध एयरले सन् २०२४ मा १३ अर्ब २२ करोड ६०
विराटनगर। अभिनेता दयाहाङ राई र गायक तथा अभिनेता प्रकाश सपूतले पहिलो पटक एकैसाथ अभिनय गर्ने फिल्म ‘मिरमिरे’ को छायांकन सुरु भएको छ। एक साता लामो वर्कसपपछि निर्माण टिमले शनिबार काभ्रेको पनौती नगरपालिका–११ स्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन थालनी गरेको हो। यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको सम्पूर्ण छायांकन काभ्रेका विभिन्न रमणीय