Category: समाचार

महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको कार्यकक्षामा खुकुरी फेला

विराटनगर।विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षाबाट दुई थान खुकुरी फेला परेको छ। स्ववियु सभापति रोहित यादवको कार्यकक्षको दराजभित्र मंगलबार बिहान दुई वटा खुकुरी फेला परेपछि सुरक्षाका दृष्टिले प्रहरीलाई खबर गरिएको थियो। घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक अप्रिल चापागाईको नेतृत्वमा आएको टोलीले उक्त हतियार नियन्त्रणमा लिएको

८६ अंक प्राप्त गर्दै रंगेली अस्पताल बन्यो देशभरमै नमूना र उत्कृष्ट

रंगेली । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये रंगेली नगर अस्पताल नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको हो । सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सर्भिस एमएसएस को सूचक अनुसार भएको

लुइजियानामा सवारी दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु, दुई घाइते

विराटनगर। जुलाई १३, २०२५ मा राति करिब ९ बजे लुइजियाना राज्यको हाइवे ८० मा भएको एकल सवारी दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थीको ज्यान गएको छ। मृत्यु हुनेमा २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्। दुवै जना नेपालका नागरिक हुन् भने उनीहरूको स्थायी ठेगाना भने खुलाइएको छैन। दुर्घटना

बूढीगंगामा अज्ञात युवतीको शव फेला: बलात्कारपछि हत्या गरिएको आशंका

विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा एक युवतीको सडेको अवस्थामा नग्न शव फेला परेको छ। प्रहरीले बलात्कारपछि हत्या गरिएको आशंका गरेको छ। शनिबार अपरान्ह ४ बजेतिर दुर्गन्धित अवस्थामा फेला परेको शवको हालसम्म पहिचान खुल्न सकेको छैन। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार मृतक युवतीको अनुहार र शरीरका

आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि रतुवा,सुनवर्षी,रंगेली,धनपालथान

आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि दिलीप अग्रवाल । असार ३०, सोमबार । मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा आत्महत्या, सवारी दुर्घटना, डुबेर, विष सेवन तथा अन्य कारणले १२६ जनाको ज्यान गएको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ । सवैभन्दा धेरै

लामो समयसम्म पानी नपरेपछि सुनवर्षी बासिन्दाले गराए भ्यागुताको विवाह

सरिता कर्मकार सुनवर्षी । असार महिना अन्त्यतिर लाग्दा समेत पर्याप्त वर्षा नहुँदा मोरङको सुनवर्षी नगरपालिकाका किसानहरू चिन्तित बनेका छन्। पानीको अभावका कारण धान रोप्न नपाएका र रोपिएका धानसमेत सुक्न थालेपछि स्थानिय बासिन्दाले परम्परागत आस्था अनुसार भ्यागुताको विवाह गराएका छन्। सुनवर्षी नगरपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरूले आइतबार साँझ विशेष धार्मिक विधिअनुसार भ्यागुताको

आदिकविको जन्मजयन्तीमा एभरेष्टमा कविता प्रतियोगिता एभरेष्ट कलेजको कविता प्रतियोगितामा सुप्रिया प्रथम

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरस्थित एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा सुप्रिया रम्तेल प्रथम, सन्ध्या सिग्देल द्वितीय र सुशान्त श्रेष्ठ तृतीय भएका थिए ।

छाउगोठमा सुत्दा सर्पदंश: कृष्णपुरमा एक महिलाको मृत्यु

विराटनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्ने क्रममा सर्पदंशका कारण एक महिलाको ज्यान गएको छ। शनिबार राति करिब ८ बजे विषालु करेत प्रजातिको सर्पले डसेपछि २८ वर्षीया कमला दमाईको मृत्यु भएको हो। घटनापछि गम्भीर घाइते अवस्थामा रहेकी कमलालाई तत्काल उपचारका लागि कैलालीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल

आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

विराटनगर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदैछ। तनहुँको चुँदीरम्घा गाउँमा वि.सं. १८७१ सालको असार २९ गते जन्मिएका भानुभक्तले संस्कृत भाषामा रचित वाल्मीकि रामायणको नेपाली भावानुवाद गरेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए। भानुभक्तले लेखेको रामायणलाई नेपाली जनजीवन, भाषा र संस्कृतिसँग जोडेर

आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती विराटनगर प्रज्ञा प्रतिष्ठानद्वारा कविता र चित्रकला प्रतियोगिता आयोजना

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । शनिबार महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै प्रतियोगितामा ‘मेरो कथा मेरो व्यथा’ शीर्षकको कविता वाचन गरेर