विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरुलाई विधाई गरेको छ । कलेजबाट बीएचमतर्फका ५० र बीबीएतर्फका ३५ जना विद्यार्थीहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरि विधाई गरिएको हो । कलेजमा अध्ययन पुरा गरेर दीक्षित भएका उनीहरुलाई एक कार्यक्रमका बिच कलेजले शुक्रबार बिदाई गरिएको क्याम्पस प्रमुख विनय
सुनसरी/ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० मा करेन्ट लागेर १८ महिनाका एक नावालकको मृत्यु भएको छ। वैशाख २५ गते बिहान स्थानीय उमेश राईका छोरा उपदेश राई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोबाइल चार्ज गर्ने बोर्ड छुँदा करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई तत्काल धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो।
विराटनगर/ कोशी उच्च बाँध निर्माण योजनाविरुद्ध आवाज उठ्दै गर्दा ‘सप्तकोशी उच्च बाँधविरुद्ध सङ्घर्ष समिति’ले उक्त योजना खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ। समिति अध्यक्ष असीम राई नेतृत्वको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत् गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन बुझाएको हो। धनकुटाको सहिदभूमि गाउँपालिका तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई बुझाइएको उक्त ज्ञापनपत्रमा बाँध निर्माणले
काठमाडौं/ भारत र पाकिस्तानबीच पछिल्ला केही सातादेखि चर्किँदै गएको तनाव बिहीबार राति मिसाइल आक्रमणमा परिणत भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच जम्मु कश्मिर आसपासका सीमावर्ती क्षेत्रमा मिसाइल हानाहान भएको पुष्टि गरिएको छ। भारतले पाकिस्तानको आक्रमण प्रयासलाई आफ्नो एस–४०० एयर डिफेन्स मिसाइल प्रणालीमार्फत असफल बनाएको दाबी गरेको छ। ‘हिन्दुस्तान टाइम्स’ले जनाएअनुसार, भारतीय सेनाले जम्मु नजिकै
विराटनगर/ नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् । वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्का चयन भएका छन् ।
विराटनगर/ विराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । अरु अखवारले आफ्नो ब्यावसायिक लक्ष्य र उदेश्य प्राप्तिका लागि समाचार लेख्ने
इनरुवा/ भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामिया मदर्शालाई एकथान बस औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। बुधबार आयोजित विशेष समारोहमा गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले विद्यालय प्रशासनलाई बस हस्तान्तरण गरिएको जानकारी दिए। उनका अनुसार बस स्थानीयवासीबाट चन्दा सङ्कलन गरी खरिद गरिएको हो। सो बसको साँचो गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई हस्तान्तरण गरे।
विराटनगर /शुक्रबार (बैशाख २६) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले राजधानीमा सम्पन्न प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ। बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष प्रिमियरमा उपस्थित दर्शक, कलाकार तथा विशिष्ट व्यक्तिहरूले फिल्मको कथा, प्रस्तुति र सन्देशप्रति मुक्तकण्ठले प्रशंसा जनाएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फिल्ममा नेपालको सांस्कृतिक विविधता
विराटनगर / विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो । महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको
सुनबर्सी / सुनबर्सी नगरपालिका–९ स्थित भेडवा चोकमा आज साँझ करिब ४ बजे भएको बस दुर्घटनामा पाँच जना यात्रु सामान्य घाइते भएका छन्। विराटनगरबाट आमबाडी जाँदै गरेको आयुष डिलक्स बस (को १ ख ३५११) विपरीत दिशाबाट आइरहेको सिटी रिक्सालाई जोगाउने क्रममा अनियन्त्रित भई सडकछेउको मदिरा पसलमा ठोक्किएको हो। दुर्घटनाका क्रममा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त