Category: समाचार

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगे

कपिलवस्तु। कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। सुरक्षा वेश क्याम्प विसनपुर चन्द्रौटाबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरी बल नेपाल २८ गण हेड क्वाटर कपिलवस्तुको ना १ ग ५४४ नम्बरको वानटन ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा दुर्घटना भएको थियो। सो दुर्घटनामा साइकल यात्री एक जना र ३ शशस्त्र प्रहरीसहित ४

दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३, असारीका २२ वर्षीय विकाश राई रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २-०१-००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। आक्रमणबाट ११ वर्षीया बीना चेपाङको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। घरबाट सानीआमाको घर जाँदै गर्दा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। शुक्रबार बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए। चितुवाले बालिकाको घाँटीमा

कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु

विराटनगर। विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ। जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए। उनका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला-५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी

वृद्धभत्ता बुझेर घर फर्कने क्रममा एक वृद्धको मृत्यु

अर्घाखाँच। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका १ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखि झन्डै

महानगर प्रहरी प्रमुख पौडेलको घर अगाडी बाटो गुणस्तर हिन

विराटनगर। विराटनगर वडा नम्बर ११ मा रहेको छिमेकी मार्गको नाला भत्की भत्किएको छ। करिब ६ महिना अगाडी निर्माण गरेको नाला कालो पत्र गर्नु भन्दा अगाडी नै भत्किएको हो। पंचमुखी देख पन्श्चिम तर्फ जाने छिमेकी मार्ग विराटनगर महानगर प्रहरी प्रमुख राजन पौडेलको घर अगाडी बनेको नाला करिब २५ मिटर भत्किएको छ। नाला बनाएको ६ महिना पनि

मोरङ जिल्लामा रगतको अध्याधिक कमिका कारण

अकालमा हुने नागरिकको मृत्युलाईलाई बचाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड कार्यालय विराटनगरले आफ्नो पाँचौ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहाँ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । आफ्नो अफिस मुनी महेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी , वीमा अभिकर्ता र सर्वसाधारण गरी ६० जनाले

प्रदेश १ सहित ३ प्रदेशमा मतपत्र ढुवानी सकियो ; बाँकी प्रदेशमा कात्तिक ३ गतेदेखि ढुवानी हुने

विराटनगर। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको हो । यस पटक पहिलो हुने निर्वाचित हुने

मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय

विराटनगर। मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ। मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना