विराटनगर। पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा निषेधित औषधी र लागू पदार्थ कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, झापा र सुनसरी जिल्लामा खटिएको प्रहरी टोलीले वैशाख २३ गते विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। मोरङको विराटनगर-१६ बाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले सुनसरी इटहरी उपमहानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई खैरो
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेर घाइते भएका छन्। स्रोतका अनुसार गएराति आफ्नो निवासस्थित बाथरुममा लडेका उनले टाउकोमा चोट पुगेको छ। घटनापछि तत्कालै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा आवश्यक प्राथमिक उपचारपछि उनी निवास फर्किएका छन्। चिकित्सकको सल्लाहअनुसार टाउकोमा टाँका लगाइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अन्य
विराटनगर / भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको प्रतिशोधस्वरूप पाकिस्तानका विभिन्न स्थानमा सैन्य कारबाही गरेपछि दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध झनै तनावपूर्ण बनेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिइएको छ। भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपत्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन्। पाकिस्तानस्थित डान पत्रिकाका अनुसार भारतले कोल्टी, बहावलपुर, मुरिदके, बाघ
विराटनगर / नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गर्नुभएको थियो । किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी
विराटनगर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने त्रियुगा नदीमा आएको बाढीले सोमबार राति जन्ती लिएर फर्कँदै गरेको यात्रुवाहक बस बगाएको छ। इलाका प्रहरी कार्यालयका अनुसार को १ ख ४७५३ नम्बरको ‘बराहक्षेत्र’ नामक बस सप्तरीबाट जन्ती पु¥याएर बेल्टार फर्कने क्रममा राति करिब ११ बजे त्रियुगा नदी पार गर्न खोज्दा बाढीको बीचमा फसेर बगेको
विराटनगर /संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणको क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको निधन भएको हो। आइतबार राति तेस्रो क्याम्प पूरा गरी विश्राम गरिरहेका बेला राति करिब ८ बजे उनको मृत्यु भएको हो। पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीका अनुसार प्रारम्भिक जानकारीअनुसार पन्काओको
विराटनगर/ नेपाली सेनाका एक सैनिकले श्रीमतीको हत्या गरेको खुलेको छ । नेपाली सेनामा कार्यरत दर्शन खत्रीले आफ्नी श्रीमती प्रेमा वली खत्रीको ढुंगाले हानेर हत्या गरेको खुलेको छ । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलामा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमान् दर्शनले गरेको खुलेको हो । दर्शनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएपछि घटनाको
बिराटनगर / बलिउड अभिनेता शाहरूख खानले फेसनको प्रतिष्ठित मञ्च मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्। न्यूयोर्कस्थित मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा आयोजित यस भव्य फेसन नाइटमा रेड कार्पेटमा हिँड्ने उनी पहिलो भारतीय अभिनेता बनेका छन्। यसअघि कुनै पनि भारतीय पुरुष कलाकार मेट गालामा सहभागी भएका थिएनन्। शाहरूखको यो सहभागिता भारतीय फेसन र फिल्म
जनकपुरधाम / आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। वैशाख शुक्ल नवमीका दिन पर्ने जानकी नवमीलाई विशेष धार्मिक महत्वसहित जनकपुरमा धुमधामसँग मनाउने परम्परा छ। आजको दिन जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना, भजनकीर्तन, धार्मिक झाँकी र आरती कार्यक्रम आयोजना गरिएको छ। मन्दिर परिसर बिहानैदेखि श्रद्धालु भक्तजनले भरिएको छ। जानकी
विराटनगर / धनकुटा र उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। वैशाख २२ गते बिहान सवा १० बजे धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा १४ जना यात्रु घाइते भएका थिए।