कक्षा १२ को परीक्षा अन्योलमा, आन्दोलन फिर्ता नभए स्थगन हुने संकेत

काठमाडौं / आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता नगरेमा कक्षा १२ को परीक्षा स्थगन हुने अवस्था सिर्जना भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबारसम्म पनि विद्यालय नखुले र शिक्षकहरूले केन्द्रमा प्रवेश नगरे परीक्षा सञ्चालन असम्भव हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा लिन बोर्ड पूर्ण रूपमा तयार भए पनि परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने शिक्षकहरू केन्द्रमा

गाँजा सहितको कार नियन्त्रणमा, चालक फरार

सुनसरी/सुनसरीको दुहबी नगरपालिका–४ स्थित मालहट्टी क्षेत्रबाट प्रहरीले ११६ किलोग्राम गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले वैशाख ६ गते बेलुका चेकजाँचको क्रममा बा ७ च ९२६३ नम्बरको मारुति कारको डिक्कीमा लुकाइ राखिएको अवस्थामा चारवटा जेब्रा झोलाभित्र उक्त गाँजा बरामद गरेको हो। गाँजा ओसारपसारमा प्रयोग भएको कार

संखुवासभा र विराटनगरमा लागूऔषधसहित चार जना पक्राउ

विराटनगर/ संखुवासभा र मोरङ जिल्लामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार विशेष सूचनाका आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका–४ स्थितबाट तीन जनालाई अफिमसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका–६ का देवेन्द्र थापा

‘के घर के डेराः घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, सिक्वेल नभई नयाँ कथा लिएर आउने

काठमाडौं / निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको नयाँ नेपाली सिनेमा ‘के घर के डेराः घर नं २’ आउँदो जेठ २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। केही दिनअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ उत्सुकता जगाएको छ। टिजरले चर्चित सिनेमा ‘पशुपतिप्रसाद’ को झल्को दिएको प्रतिक्रिया दर्शकबाट आइरहेका छन्। सिनेमाको नामले यसलाई दुई वर्षअघि रिलिज भएको ‘के घर

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विराटनगर आउँदै

विराटनगर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार विराटनगर आउँदैछन्। बुद्ध एयरको विमानमार्फत बिहान ९ः३० बजेतिर उनी विराटनगर आउने कार्यक्रम रहेको माओवादीले जनाएको छ। प्रचण्डले मोरङ उद्योग व्यापार संघमा ‘हाम्रोमत दैनिक’ को २२ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ। आजै माओवादी केन्द्र विराटनगर महानगरको दोस्रो अधिवेशन पनि उनले उद्घाटन

सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर। सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० पानीपिया भन्ने स्थानमा शनिबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो। कारमा

विराटनगरमा ७ लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ

बिराटनगर/ स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे विराटनगर महानगरपालिका–१५ स्थित हनुमान मन्दिरनजिकबाट भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९

कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा खोज कार्यक्रम आयोजना हुने

सरिता कर्मकार विराटनगर/ “कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान तथा प्रोत्साहनका लागि कोशी प्रदेशमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कोशी प्रदेशको आयोजनामा, करुणा फाउन्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश सरकार) तथा विभिन्न

डा. महाविर पुन र देवकीनन्द अग्रवाल बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा सम्मानित

विराटनगर / समाजसेवा र नवप्रवर्तनको क्षेत्रमा सक्रिय योगदान पु¥याउँदै आएका दुई व्यक्तित्वलाई बबरसिंह–देवकुमारी थापा सेवा गुठी, विराटनगरले आज सम्मान गरेको छ। सामाजिक अभियन्ता एवं बैज्ञानिक डा. महाविर पुनलाई रु ५० हजार राशीको देवकुमारी थापा स्मृति सम्मान प्रदान गरिएको हो। यस्तै, कोशी अस्पतालमा दैनिक २५० जनालाई निःशुल्क खाना खुवाउँदै आएका नर सेवा, नारायण सेवा परिवारका उपाध्यक्ष

शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको भूमिका अहम् ः मेयर कोइराला

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको उल्लेख गर्नुभयो