मोरङको ग्रामथानमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २० वर्षीय युवक पक्राउ

विराटनगर / मोरङको ग्रामथान गाउँपालिका–१ मा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति सोही पालिकाका आबिद अलि (मिया) रहेको इलाका प्रहरी कार्यालय हरैंचाले जनाएको छ। प्रहरीका अनुसार अलिले किशोरीलाई ललाइफकाइ गाउँकै सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भनी पीडित पक्षले उजुरी दिएको थियो। उजुरीपछि बिहीबार

विराटनगरमा ‘सृष्टी कृष्टी स्केट जोन एण्ड भिआर स्टेशन’ संचालनमा

सरिता कर्मकार  विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ११ स्थित जनपथ टोल नयाँ गुद्रीमा बुधबारदेखि ‘सृष्टी कृष्टी (एसके) स्केट जोन एण्ड भिआर स्टेशन’ औपचारिक रूपमा संचालनमा आएको छ। करिब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त स्केट जोनको उद्घाटन नेपाली फिल्मका नायक धिरेन साक्यले रिबन काटेर गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै नायक साक्यले स्वास्थ्य र

पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दिदी–भाइ दुर्घटनामा परे

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पथरीका अनुसार काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको यात्रुबाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त ठक्करका कारण मोटरसाइकलको पछाडि सवार

कश्मीरको पहलगाममा आतंकवादी आक्रमण : एक नेपालीसहित २६ पर्यटकको मृत्यु

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ भन्दा बढी पर्यटकको ज्यान गएको छ। यो घटना पछिल्लो दशकको एक भयानक आतंकवादी हमला भएको बताइएको छ। मंगलबार भएको उक्त आक्रमणमा नेपालका सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। घटनामा २० भन्दा बढी पर्यटक घाइते भएका छन्। बैसरन उपत्यकामा बन्दुकधारी आतंककारीहरूले पर्यटकमाथि नाम सोध्दै

विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने  

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो । विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउण्डेशनले यसबारे जानकारी

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न

विराटनगर/ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो । सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र

सप्तरीका पाँच वर्षीय बालक विशाल सदा जीवन र मृत्युबीच संघर्षमा, विराटनगरको पारस अस्पतालमा उपचार जारी

सरिता कर्मकार  विराटनगर। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ निवासी ४२ वर्षीय ललित सदा र ललिता सदाका पाँच वर्षीय छोरा विशाल सदा हाल विराटनगरस्थित पारस अस्पतालको पिएसियु कक्षमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। प्रायः एक महिनादेखि पेट फुल्ने समस्याले ग्रसित भएका विशालको प्रारम्भिक उपचार लहानको एक निजी अस्पतालमा गरिएको थियो। तर त्यहाँ रोगको पहिचान

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम झापा, वैशाख ९ । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई

कक्षा १२ को परीक्षा प्रक्रियामा सहभागिता नजनाउन शिक्षक महासंघको आग्रह, धम्कीको विरोधमा कडा आपत्ति

काठमाडौं। वैशाख ११ गते सुरु हुने भनिएको कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिले धम्कीसहित परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएको पाइएको महासंघको

सिनेमा ‘जार’ले नेपाली सिनेमामा नयाँ उचाइ ल्याउने दाबी

काठमाडौं/ बैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘जार’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्माणपक्षले दाबी गरेको छ। फेरि टेल पिक्चर्सको ब्यानरमा बनेको यो सिनेमा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई समेटिएको यस सिनेमालाई निर्देशक फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। निर्देशक लामाका अनुसार