विराटनगर / विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप प्राइम बैंकले रकम हस्तान्तरण गरेको हो
विराटनगर/ नारी दिवसको अवसर पारेर विराटनगरमा ‘गल्स अन ह्विल’ प्रतियोगिता आयोजना गरिने भएको छ। विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा फागुन २४ गते प्रतियोगिता सम्पन्न हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले पाँचौं संस्करणको प्रतियोगिता हुने जानकारी गराएको छ। प्रतियोगितामा महिलाहरूले मात्र भाग लिन पाउनेछन्। एक स्कुटरमा दुई जनाको दरले कुल १०० स्कुटर सहभागी गराउने
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वस्थ जीवनका लागि नियमित योग गर्नु आवश्यक रहेको बताउनुभएको छ । पतञ्जली योग महानगर समितिले आयोजना गरेको योग शिविरको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले योगका माध्यमबाट धेरै रोग लाग्नबाट बच्न सकिने धारणा राख्नुभयो । मेयर कोइरालाले भने, ‘नियमित योग गर्दा धेरै किसिमका रोग लाग्नबाट बच्न सकिन्छ ।
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले खेलाडीबाट राजनैतिक दलका नेता कार्यकर्ताले अनुशासन सिक्नु आवश्यक रहेको बताएका छन् । विराट गोल्डकपको उद्घाटन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै नेता कोइरालाले राजनीतिमा अनुशासनहीनता बढ्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले दलका नेता तथा कार्यकर्ताले खेलाडीबाट अनुशासन सिक्नुपर्नेमा जोड दिए । ‘अहिले जुनसुकै पार्टीभित्र
विराटनगर / उमेर हदका कारण अनिवार्य अवकाशमा जानु भएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको विदाइ गरिएको छ । आइतबार महानगरमा विशेष कार्यक्रम आयोजना गरी पराजुलीको विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रुपमा
विराटनगर / विराटनगरस्थित हिमालय दर्शन कलेजमा उद्घोषण तथा भाषणकला तालिम सुरु भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीको वाकक्षमता वृद्धि गराउने उद्देश्यसहित कलेजले तालिमको आयोजना गरेको हो । क्याम्पस प्रमुख भरत सापकोटा र कवि एवं पत्रकार मीनकुमार नवोदितले तालिम उद्घाटन गरे । अहिलेको विश्व बोल्नेहरूको भएकाले विद्यार्थीलाई पनि बोल्ने र उद्घोषण कलाबारे जानकारी दिई उनीहरूको क्षमता
विराटनगर/ विराटनगर जेसीजले शाखा पदाधिकारी तथा मनोनित सदस्यहरूका लागि दुई दिवसीय तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। होटल स्वागतम, रोडशेष चौकमा आयोजित उक्त तालिममा प्रशिक्षकका रूपमा विराटनगर जेसीजका पूर्व अध्यक्षहरूमध्ये हरि बहादुर श्रेष्ठ प्रमुख प्रशिक्षक रहेका थिए भने नेपाल जेसीजका प्रशिक्षक डा. सन्देश दास श्रेष्ठ र कैलाश खाकी श्रेष्ठले सह-प्रशिक्षकका रूपमा सहकार्य गरेका थिए। तालिम कार्यक्रम
विराटनगर/ विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु)का रुपमा प्रतिस्पर्धा गराइने इभेन्ट म्यानेजर सददाव आलमले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २१, १५ र १०
विराटनगर / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता
विराटनगर/ लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा को आयोजनामा तथा हिसान मोरङ को सहकार्यमा सम्पन्न “केआईसी इन्टर – कलेज हाजिरीजवाफ प्रतियोगिता २०८१” शुक्रबार उद्योग संगठन मोरङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा अर्किड कलेज ले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र रु. १६,१०० नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गर्यो।