ब्राउन सुगर सहित ७ जना पक्राउ

विराटनगर / मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगर सहित सात जना व्यक्ति पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएका प्रहरी टोलीहरूले उनीहरूलाई नियन्त्रणमा लिएको हो। वैशाख ११ गते, विराटनगर महानगरपालिका–१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले चेकजाँचका क्रममा मोरङ केराबारी गाउँपालिका–१०

भारत–पाकिस्तान युद्धको सम्भावना बलियो, पहलगाम आक्रमणपछि तनाव चुलियो

विराटनगर / भारत र पाकिस्तानबीचको द्वन्द्वले खतरनाक मोड लिएको छ। जम्मु कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा ३० पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध आक्रामक कदम चाल्ने तयारी गरेको छ। भारतले आक्रमणको पछाडि पाकिस्तानी आतंकवादी समूहको संलग्नता पुष्टि गरेको भन्दै जल–स्थल र आकाशमार्गबाट एकसाथ कारबाही गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतले पाकिस्तानका प्रमुख शहरहरूलाई

सुन्धारामा मोटरसाइकल चालकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी जिम्मेवारीबाट हटाइए

विराटनगर /  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुन्धारास्थित आकाशे पुलमुनि एक मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले गरेको कुटपिट घटनामा संलग्न चार जना प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ। गत मंसिर २३ गते भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक दबाब तीव्र बनेको थियो। भिडियोमा देखिएको घटनाबारे प्रारम्भिक अनुसन्धानपछि बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले ती

मोरङको ग्रामथानमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २० वर्षीय युवक पक्राउ

विराटनगर / मोरङको ग्रामथान गाउँपालिका–१ मा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति सोही पालिकाका आबिद अलि (मिया) रहेको इलाका प्रहरी कार्यालय हरैंचाले जनाएको छ। प्रहरीका अनुसार अलिले किशोरीलाई ललाइफकाइ गाउँकै सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भनी पीडित पक्षले उजुरी दिएको थियो। उजुरीपछि बिहीबार

विराटनगरमा ‘सृष्टी कृष्टी स्केट जोन एण्ड भिआर स्टेशन’ संचालनमा

सरिता कर्मकार  विराटनगर / विराटनगर महानगरपालिका वडा नं. ११ स्थित जनपथ टोल नयाँ गुद्रीमा बुधबारदेखि ‘सृष्टी कृष्टी (एसके) स्केट जोन एण्ड भिआर स्टेशन’ औपचारिक रूपमा संचालनमा आएको छ। करिब १५ लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त स्केट जोनको उद्घाटन नेपाली फिल्मका नायक धिरेन साक्यले रिबन काटेर गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै नायक साक्यले स्वास्थ्य र

पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु, दिदी–भाइ दुर्घटनामा परे

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पथरीका अनुसार काकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको यात्रुबाहक बसले स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त ठक्करका कारण मोटरसाइकलको पछाडि सवार

कश्मीरको पहलगाममा आतंकवादी आक्रमण : एक नेपालीसहित २६ पर्यटकको मृत्यु

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ भन्दा बढी पर्यटकको ज्यान गएको छ। यो घटना पछिल्लो दशकको एक भयानक आतंकवादी हमला भएको बताइएको छ। मंगलबार भएको उक्त आक्रमणमा नेपालका सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। घटनामा २० भन्दा बढी पर्यटक घाइते भएका छन्। बैसरन उपत्यकामा बन्दुकधारी आतंककारीहरूले पर्यटकमाथि नाम सोध्दै

विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने  

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो । विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउण्डेशनले यसबारे जानकारी

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सम्पन्न

विराटनगर/ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुईदिने तालिम सम्पन्न भएको हो । सरकारी कार्यालयहरुमा पेश गरिने प्रस्ताव र प्रतिवेदनबारे प्रशिक्षार्थीहरुलाई जानकारी गराइएको आयोजक गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले जानकारी दिइन् । विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र

सप्तरीका पाँच वर्षीय बालक विशाल सदा जीवन र मृत्युबीच संघर्षमा, विराटनगरको पारस अस्पतालमा उपचार जारी

सरिता कर्मकार  विराटनगर। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. १ निवासी ४२ वर्षीय ललित सदा र ललिता सदाका पाँच वर्षीय छोरा विशाल सदा हाल विराटनगरस्थित पारस अस्पतालको पिएसियु कक्षमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। प्रायः एक महिनादेखि पेट फुल्ने समस्याले ग्रसित भएका विशालको प्रारम्भिक उपचार लहानको एक निजी अस्पतालमा गरिएको थियो। तर त्यहाँ रोगको पहिचान