Category: समाचार

धनपालथानको समृद्ध इतिहास र संस्कृति उजागर गर्ने पुस्तक सार्वजनिक

विराटनगर।मोरङको दक्षिण सीमावर्ती क्षेत्र धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक पक्ष समेटिएको पुस्तक विराटनगरमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको छ। २४५ पृष्ठको पुस्तकमा पालिकाको नामाकरणदेखि जातीय बसोबास, धार्मिक स्थलहरूको विवरण र शैक्षिक संस्थाहरूको समग्र अध्ययन समेटिएको छ। प्रकाशन समितिबाट प्रकाशित पुस्तकमा पालिकाका ७ वडाभित्र रहेका ५५ ग्रामथान, ६२ मन्दिर, १५ मस्जिद, ४ चर्च गरी

आरोपीको तस्बिर र भिडियो सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर

विराटनगर । प्रहरी प्रधान कार्यालयले पक्राउ परेका आरोपीहरूको तस्बिर र भिडियो सार्वजनिक नगर्न निर्देशन दिएको छ। देशभरका प्रहरी युनिटहरूलाई साउन ५ गते सर्कुलर जारी गर्दै अबदेखि सञ्चार माध्यममा सूचना पठाउँदा वा पत्रकार सम्मेलनको क्रममा आरोपीको फोटो तथा भिडियो नदेखाउने स्पष्ट निर्देशन दिइएको हो। प्रधान कार्यालयको निर्देशनसँगै विभिन्न प्रहरी कार्यालयहरूले आरोपीको फोटो तथा भिडियो सार्वजनिक गर्न

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर। सुनसरी सदरमुकाम इनरुवा–३ मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिए । माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर

कोसी प्रदेशसभा बैठक सरेर साउन ११ गते बस्ने

विराटनगर । कोसी प्रदेशसभाको बैठक सारिएको छ । यसअघि बुधबार (साउन ७ गते) दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब यही साउन ११ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले विशेष कारणले बैठकको मिति पर सरेको जानकारी दिएका छन् । उनका अनुसार बैठक साउन ११ गते दिउँसो

आज देशभर ४३औं बीपी स्मृति दिवस मनाइँदै

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका अगुवा विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै आज देशभर ४३औं स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदैछ। विसं २०३९ साउन ६ गते निधन भएका कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका थिए। विक्रम संवत् २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा दुई तिहाइ बहुमतका साथ निर्वाचित भई देशको

देशभर मनसुनको प्रभाव, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

विराटनगर । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकोले अधिकांश भू–भागमा बदली मौसमको अवस्था देखिएको छ। मंगलबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम

जनकपुरको होटेलमा युवकको रहस्यमय हत्या, एक युवती पक्राउ

विराटनगर । महोत्तरी गाउँपालिका–१ का ३१ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। यादवको हत्या विवाहेतर सम्बन्धका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार, यादवको शनिबार राति जनकपुरस्थित होटेल ‘एसपी एन्ड गेस्टहाउस’ मा छुरा प्रहार गरी पहिलो तलाबाट खसालेर हत्या गरिएको

सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा आज (आइतबार) एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका ११ वर्षीय छोरा दिपेश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिएका छन्। प्रारम्भिक जानकारी अनुसार, दिपेश आज दिउँसो आफ्ना तीन जना साथीसँग नदीमा नुहाउन गएका थिए। तर, दुई जना

आज साउनको पहिलो सोमबार, पशुपतिनाथको चार वटै ढोका खुल्ला

विराटनगर । साउन महिनाको पहिलो सोमबारको अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खोलिएका छन्। वैदिक सनातन हिन्दू धर्मअनुसार विशेष महत्व राख्ने यस दिन भगवान् शिवको पूजाआराधनाका लागि लाखौँ भक्तजनको उपस्थिति रहेको छ। पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार, दिनभरमा करिब पाँच लाख भक्तजनले मूल

अमेरिकाको लस एन्जलसमा तालिम केन्द्रमा विस्फोट, तीन प्रहरी अधिकारीको मृत्यु

विराटनगर। लस एन्जलसस्थित काउन्टी शेरिफ विभागको तालिम केन्द्रमा भएको एक शक्तिशाली विस्फोटमा परी तीन जना प्रहरी अधिकारीको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । विस्फोट शुक्रबार बिहान ७:३० बजे (स्थानीय समय) मा भएको हो । घटनाको कारण हालसम्म स्पष्ट नहुँदा समेत अनुसन्धान कार्य तीव्र पारिएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल एक्स