Category: समाचार

भोजपुरमा पारिवारिक विभत्स हत्या : एक व्यक्तिबाट सासु, ससुरा, श्रीमती र सालोको हत्या

विराटनगर। भोजपुरमा एक व्यक्तिले आफ्नै परिवारका चार सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानीमा रहेकी सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, घटनापछि राईले शनिबार राति सवा १ बजे आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरी हत्या

आजदेखि तुलसीको विशेष पूजा सुरु, चार महिने चतुर्मास व्रत आरम्भ

विराटनगर। आज आषाढ शुक्ल एकादशी, सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा तुलसीको बिरुवा सारेर विशेष पूजा आराधना सुरु गर्दै छन्। यो दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ, जसबाट चतुर्मास व्रत आरम्भ हुन्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा रोपिएको तुलसीको बिरुवा आज घरको मोठमा सारिने प्रचलन छ। वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ, र आजदेखि कार्तिक शुक्ल

छ महिनामै ७ अर्ब ४१ करोड आम्दानी गर्दै बुद्ध एयरले राख्यो बलियो वित्तीय प्रदर्शन

विराटनगर। नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको बुद्ध एयरले सन् २०२५ को पहिलो छ महिनामा ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। स्थापनाको करिब तीन दशकपछि समेत उस्तै गति कायम राख्दै कम्पनीले लगातार आम्दानी वृद्धि गर्दै आएको देखिएको छ। बुद्ध एयरले सन् २०२४ मा १३ अर्ब २२ करोड ६०

दयाहाङ र प्रकाश सपूतको पहिलो सहकार्य, ‘मिरमिरे’ को छायांकन सुरु

विराटनगर। अभिनेता दयाहाङ राई र गायक तथा अभिनेता प्रकाश सपूतले पहिलो पटक एकैसाथ अभिनय गर्ने फिल्म ‘मिरमिरे’ को छायांकन सुरु भएको छ। एक साता लामो वर्कसपपछि निर्माण टिमले शनिबार काभ्रेको पनौती नगरपालिका–११ स्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन थालनी गरेको हो। यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको यो फिल्मको सम्पूर्ण छायांकन काभ्रेका विभिन्न रमणीय

देशमा सुधारको सम्भावना अझै बाँकी: महामन्त्री गगन थापा

विराटनगर। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही सकारात्मक काम भए पनि अझै धेरै सुधारको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विद्यार्थीलाई देशको अवस्था न त अत्यधिक नकारात्मक न त अत्यधिक सकारात्मक रूपमा बुझ्न आग्रह गरे। उनले वर्तमान अवस्थालाई तटस्थ र विवेकपूर्ण ढंगले विश्लेषण गर्न विद्यार्थीलाई सुझाव दिए।

आगामी आर्थिक वर्षदेखि नयाँ कर्मचारीलाई पेन्सन र उपदान बन्द

विराटनगर । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिने निर्णय गरेको छ। त्यसको सट्टा उनीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समावेश गरिने भएको हो। अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र गर्दै सो निर्णयको जानकारी गराएको हो। मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू

अमेरिकाको टेक्सासमा भीषण बाढी, २४ जनाको मृत्यु, आपतकाल घोषणा

विराटनगर । अमेरिकाको टेक्सास राज्यमा शुक्रबार राति भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीका कारण हालसम्म २४ जनाको ज्यान गएको छ भने २५ जना अझै बेपत्ता रहेको बिबिसीले जनाएको छ। बाढीबाट सबैभन्दा बढी क्षति टेक्सासको केर काउन्टी क्षेत्रमा भएको बताइएको छ। गभर्नर ग्रेग अब्बटले उद्धृत गर्दै बिबिसीले जनाएअनुसार बाढीग्रस्त क्षेत्रमा रातभर उद्धार

ननग्रेडेड नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह — उपप्रमुख डंगोल

विराटनगर । काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड (NG) भएपछि गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई त्यसको कारण खोज्न आग्रह गरेको छ। कामपाका उपप्रमुख सुनिता डंगोलले तीन वर्षदेखि अपेक्षित नतिजा नआएका तथा यो वर्ष ५० प्रतिशतभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गर्दै उनीहरूलाई नेतृत्वदायी

‘मेरी बास्सै’की ‘अप्सरा आमा’ लक्ष्मी श्रेष्ठको निधन, कलाकारिता क्षेत्रमा शोक

विराटनगर। लोकप्रिय हास्य सिरियल ‘मेरी बास्सै’ मार्फत ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ अत्यन्त प्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी श्रेष्ठको शुक्रबार राति काठमाडौंको कपनस्थित निवासमा निधन भएको हो। श्रेष्ठको अन्त्येष्टि शनिबार बिहान पशुपति आर्यघाटमा पारिवारिक र सांस्कृतिक विधिअनुसार सम्पन्न हुने परिवारले जानकारी दिएको छ। श्रेष्ठ स्तन क्यान्सरसहित अन्य स्वास्थ्य

कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु

विराटनगर । उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने उल्लेख गर्नुभयो । मेयर कोइरालले