विराटनगर / काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ मा आज बिहान विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण केन्द्रद्वारा विस्तार भइरहेको लाइनमा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको ११ हजार भोल्टको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान ११:३० बजे
विराटनगर। विराटनगर महानगर क्षेत्रमा जमिन भासिने जोखिम बढेको छ। महानगरका विभिन्न क्षेत्रमा गरिएको अध्ययनका क्रममा यस्तो पाइएको हो। भौगर्भिक अध्ययनबाट विराटनगर जमिन भासिने ‘सिंकहोल’ को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो। खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान ‘सिंकहोल’ को उच्च सम्भावित जोखिममा छन्। अध्ययनको विस्तृत जानकारी आउन बाँकी छ
विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी बलले तत्काल कारबाही थालेको छ। सोही क्रममा रानी नाकामा खटिएका डिएसपी ऋषिकेश राउतलाई फिर्ता बोलाई नयाँ डिएसपी अमर खत्रीलाई पठाइएको छ। वैशाख ३१ गते विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि ३०
विराटनगर/ धनकुटा नगरपालिका–८ शिवबेशी निवासी ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, राई आफ्नै खेतबारीमा धान गोडिरहेका बेला नजिकैको बिजुलीको पोलबाट अचानक तार चुडिएर भुईंमा खस्दा उनी करेन्टमा परेका थिए। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
विराटनगर/ ट्यांकरको ठक्करले मोरङको उर्लाबारीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ग६प ५०२६ नम्बरको मोटरसाइकललाई ना५ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ।
रविन्द्र बराल रंगेली। मोरङको रंगेली नगरपालिका–९, दोहमना बजारमा बिहीबार एक दिने आँखा शिविर सम्पन्न भएको छ। विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर हरेक आइतवार र बिहीबार लाग्ने हाटबजारलाई लक्षित गरी सञ्चालन गरिएको हो। स्थानीय शेषराज राजवंशीका अनुसार, हाटबजारमा ठूलो संख्यामा भीडभाड हुने भएकाले सो अवसरमा शिविर सञ्चालन गर्दा धेरैले सेवा लिन सक्ने भएकाले
विराटनगर/ भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली बोलाएर दुबै मन्त्रालय मातहतका कार्यालयका कर्मचारीहरुको भेला गराएर बिहीबार बेरुजु शून्यमा ल्याउने अभियान सुरु गरेका हुन् । भेलामा बेरुजु फर्छयौटमा देखिएका समस्याहरुको बारेमा महालेखा परीक्षक कार्यालयका
विराटनगर / देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ
विराटनगर/ सिटी हस्पिटलका संचालक डा. सितल यादवमाथि बुहारी डा. निता यादवले गम्भीर आरोप लगाएकी छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. निताले आफ्नो नाममा अदालती फैसला भइसकेको सम्पत्तिमा हकभोग गर्न ससुरा, देवर र सासुले अवरोध सिर्जना गरेको बताएकी हुन्। डाक्टर निता यादवका अनुसार, उनको श्रीमान् डा. सुशिल यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो।
सरिता कर्मकार विराटनगर/ अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाउने ७ वर्षीय स्केट खेलाडी कुनाल कामतलाई सम्मान गर्ने वाचा गरे पनि वडा नं १२ का अध्यक्ष हिरालाल कामतले अझैसम्म उक्त वाचा पुरा गरेका छैनन्। कुनालले २०८१ साल असोज १ देखि ८ गतेसम्म थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय स्केट प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै ११ स्वर्ण र ३ कांस्य