Category: समाचार

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ। यसका लागि राष्ट्रिय परीक्षा बोर्डले धमाधम तयारी गरिरहेको छ। उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ। सामान्यतया असार पहिलो साता नतिजा सार्वजनिक हुँदै आएको छ। शिक्षक–कर्मचारीले चैत २० चैतदेखि २९ दिनसम्म काठमाडौंमा भेला भएर आन्दोलन गरेका थिए। त्यही कारण उत्तरपुस्तिका परीक्षणमा

घट्यो सुनको मुल्य

विराटनगर। मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ९७ हजार

बट्लरको किताब ‘उद्यमशीलता: एक परिचय’ नेपालीमा आउँदै

बट्लरको किताब ‘उद्यमशीलता: एक परिचय’ नेपालीमा आउँदै विराटनगर। बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप’ को नेपाली अनुवाद ‘उद्यमशीलता: एक परिचय’ प्रकाशित हुने भएको छ। बेलायतस्थित एडम स्मिथ इन्स्टिच्युटका सह-संस्थापक एवम् निर्देशक समेत रहनुभएका अर्थशास्त्री बट्लरको किताब विकल्प एन अल्टरनेटिभ र वि रिड प्रकाशनको सहकार्यमा नेपाली भाषामा प्रकाशन हुने भएको हो। पत्रकारितामा समेत

विराटनगर वडा नम्बर १ द्वारा ज्येष्ठ नागरिकलाई टेबल पंखा वितरण

विराटनगर । विराटनगर वडा नम्बर १ ले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई टेबल पंखा वितरण गरेको छ । वडाध्यक्ष काजीबहादुर बस्नेत नेतृत्वको वडाको टोलीले ज्येष्ठ नागरिकको घर–घरमै पुगेर पंखा वितरण गरेको हो । ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई वडाले गत वर्षदेखि पंखा वितरण गर्न सुरु गरेको थियो । वडाले विगतको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता

गणेश रसिकको स्मृतिमा विराटनगरमा साहित्यिक श्रद्धाञ्जली

विराटनगर। ‘कला, साहित्य र संस्कृतिका त्रिवेणी स्रष्टा’ भनिने साहित्यकार गणेश रसिकको स्मृतिमा विराटनगरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीअन्तर्गतको साहित्य, कला तथा संस्कृति विभागको आयोजनामा भएको कार्यक्रममा रसिकको सर्जनात्मक योगदानको चर्चा गरिनुका साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित वरिष्ठ साहित्यकार भूराज राई र

पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु

विराटनगर । पाल्पाको पूर्वखोला गाउँपालिका–५ वीरकोटस्थित आर्यभन्ज्याङ–रामपुर कच्ची सडकखण्डमा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका–११ मझुवामा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका–७ का ४८ वर्षीय रेशम सुनारको ज्यान गएको

मोरङ तरुणदल एक समूह ताला लगाउँदै अर्को समूह ताला फुटाउँदै

‌ मोरङ तरुणदल एक समूह ताला लगाउँदै अर्को समूह ताला फुटाउँदै नेपाली कांग्रेस निकट भातृ संगठन मोरङ तरुण दल युवा संगठनमा तरुणदल निर्वाचनको विषयलाई लिएर दिनप्रतिदिन विवाद उत्पन्न भइरहेको छ।२०८२/१/२४ गतेका दिन ज्ञापनपत्र बुझाउँदै १०१ प्रतिनिधि हस्ताक्षरसहित मोरङ तरुणदल युवा संगठनका युवाहरूले ताला लगाएका थिए। सदस्यता नवीकरणमा धान्दली भएको साथै मोरङ तरुण दलको निर्वाचन समयमै

झापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा। झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ पहेंलो रङ्गको कछुवा फेला परेको छ। पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकैको चिसो पानी रसाइरहने स्थानमा कछुवा देखेका हुन्। नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको हो। सुब्बाले बताएअनुसार पाकिस्तानदेखि

इजरायल–इरान तनावका बीच बंकरमा आश्रय लिन बाध्य भए मेयर कोइराला

विराटनगर। इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला इजरायल–इरानबीचको तनावका कारण बंकरमा बस्न बाध्य भएका छन्। भ्रमणकै बीच इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले जेरुसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट आक्रमण गरिरहेको छ। इरानको प्रतिआक्रमणको जोखिम बढेपछि मेयर कोइरालासहित विभिन्न देशका १७ जना जनप्रतिनिधि इजरायलको सेफाइम शहरमा सुरक्षित बंकरमा राखिएको छ। टोलीमा

“पूर्वेली मौलिक नृत्यको संरक्षणतर्फ बिराटनगरमा दुई दिने कार्यशाला सम्पन्न”

विराटनगर। नृत्य निर्देशक संघ नेपाल, मोरङ–बिराटनगर शाखाको आयोजनामा आयोजित दुई दिने पूर्वेली सांस्कृतिक नाचहरूको कार्यशाला बिराटनगरमा सम्पन्न भएको छ। बिराटनगर–१०, न्युरो अस्पताल छेउमा अवस्थित बिराट जागृति कला केन्द्रमा असार ३० र ३१ गते सम्पन्न कार्यशालामा ५० जना भन्दा बढी नृत्य विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालामा वरिष्ठ नृत्य निर्देशक तथा लोकनृत्य अनुसन्धानकर्ता नगेन्द्र राईले प्रशिक्षण दिएका