धार्मिक सद्भाव र सामाजिक सेवामा प्रेरणादायी पात्र : करिम अन्सारी

विराटनगर / विराटनगरका करिम अन्सारी सामाजिक अभियानका क्षेत्रमा एक प्रेरणादायी पात्रका रूपमा परिचित हुँदै गएका छन्। मुस्लिम धर्मावलम्बी भएपनि उनी धार्मिक सद्भाव र मानवसेवामा समर्पित छन्। पछिल्लो समय उनको चर्चा मुलुकभर फैलिएको छ। करिम अन्सारीले विगत दुई वर्षदेखि हिन्दु रीतिरिवाजअनुसार घाटसम्म मृतकको शव पुर्‍याउने निःशुल्क मलामी बस सेवा सञ्चालनमा ल्याएका छन्। यो सेवा उनले आफ्नो

संखुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम बनाउने

विराटनगर /  संखुुवासभाको चिचिला गाउँपालिका वडा नम्बर ४ मा भारतको असम प्रान्तबाट आएको कार्बी कुर्फो अमाइले ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा सम्पन्न गरेको छ । वारिथेलाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिवासी जनजाति समुदाय हो । उनीहरुले २०७९ मा खाँदबारीमा, २०८० र ०८१मा चिचिलामा उक्त पूजा आयोजना गरेका हुन् । पूजा समारोहमा गाउँपालिका

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता ,वाइआरसिसि सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरको वाइआरसिसि क्रिकेट क्लब चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको जुट मिल खेलमैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसिले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सिराहाले दिएको १४१ रनको लक्ष्य वाइआरसिसिले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा

महिलाहरूको हातमा नौमति बाजा: मौलिक संस्कृतिको संरक्षणसँगै आत्मनिर्भरताको यात्रा

विराटनगर / नेपाली समाजमा परम्परागत रूपमा पुरुषद्वारा बजाइने नौमति पञ्चे बाजा अब महिलाहरूको हातमा पनि गुन्जिन थालेको छ। नेपाली मौलिकता र सांस्कृतिक धरोहरको रूपमा चिनिने नौमति बाजाको संरक्षण र महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विराटनगरमा विशेष तालिम सुरु गरिएको छ। विराटनगर महानगरपालिका–८ को आर्थिक सहयोगमा, राष्ट्रिय उपभोक्ता मञ्च मोरङ र समृद्धि नेपालको संयोजनमा १५ दिने

तेश्रो प्रदेशस्तरीय बहिरा क्रिकेट स्पर्धा विराटनगरमा सुरु हुँदै

विराटनगर /  कोशी प्रदेशमा तेश्रो प्रादेशिक बहिरा क्रिकेट स्पर्धा २०८१ को आयोजना हुने भएको छ। बुधबार ट्राफिक चोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले बिहीबारदेखि चार दिनसम्म चल्ने उक्त प्रतियोगिता विराटनगर–१९ स्थित वैधनाथपुर क्रिकेट ग्राउण्डमा हुने जानकारी दिएका हुन्। स्पर्धामा मोरङ, झापा, सुनसरी बहिरा क्रिकेट संघ र विराट बहिरा माध्यमिक विद्यालय गरी चार टोलीको सहभागिता रहनेछ। प्रतियोगिता

इन्डो नेपाल क्रिकेट प्रतियोगिता ,होराइजन र एनबीएससी सेमिफाइनलमा

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब र सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो खेलमा आयोजक मिल्स क्रिकेट क्लबलाई ४५ रनको फराकिलो अन्तरले पराजित गर्दै होराइजन र भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा स्थान सुरक्षित गरेको

विर्तामोडमा कृत्रिम खुट्टा वितरण : २६ अपांगता भएका व्यक्तिहरूले पाए नयाँ जीवन

झापा / अग्रसेन भवन विर्तामोडको रजत महोत्सवको अवसरमा आयोजित विशेष शिविरमार्फत २६ जना खुट्टाको अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ। यस सेवाबाट नयाँ जीवनको सुरुवात गरेका लाभग्राहीहरूले अब साइकल चलाउन सक्ने र स्वाभिमानका साथ जीवन यापन गर्न सक्ने आशा गरेका छन्। शिविरमार्फत कृत्रिम खुट्टा पाउने लाभग्राहीहरूमा अर्जुनधारा, शिवसताक्षी, कचनकवल, बुद्धशान्ति, हल्दिवारी, इलाम

मोटरसाइकल चोरी गरी भारत लगेर बेच्ने दुई जना पक्राऊ

विराटनगर। विराटनगरका विभिन्न भागबाट मोटरसाइकल चोर्दै भारतमा लगेर बेच्न सक्रिय समूहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विराटनगर–१६ दरैया बस्तीबाट विराटनगर–१७ का २५ वर्षीय महम्मद मियाँ र १७ वर्षीय बालकलाई पक्राउ गरेको हो। उनीहरुले विराटनगरमा मोटरसाइकल चोरी गरी भारतमा लगेर बेच्ने गरेको पाइएको छ। समूहमा अरु पनि हुन सक्ने बताउँदै प्रहरीले खोजी भइरहेको जनाएको

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक

काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस

नेकपा (एकीकृत समाजवादी) मोरङको नवौं जिल्ला अधिवेशनबाट चन्द्रवीर राई अध्यक्षमा सर्वसम्मत चयन

बिराटनगर / नेकपा (एकीकृत समाजवादी) मोरङले बिराटनगरको होटल मनासलुमा मंगलबारदेखि सुरु भएको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ। अधिवेशनले चन्द्रवीर राईको अध्यक्षतामा ७८ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो भने १६ जना सदस्य मनोनीत गर्ने प्रक्रिया बाँकी रहेको छ। अध्यक्षसहित सात पदाधिकारी पदका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, अन्तिम