विराटनगर। आज बिहीबार देशभर साउने सङ्क्रान्ति पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने यस पर्वमा विशेषगरी स्नान, दान, पूजा र आफन्तजनसँग भेटघाट गरी रमाइलो गर्ने चलन छ। सौरज्योतिषअनुसार आजको दिन सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्छ, जसलाई साउने सङ्क्रान्तिको रूपमा लिइन्छ। यही दिनदेखि सूर्यको गति
विराटनगर। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको यस मर्मस्पर्शी गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा सँगै गीतका सङ्गीतकार तथा गायक बाबुल गिरी पनि देखिएका छन्। गीतमा बाबुल गिरीको सङ्गीत तथा स्वर रहेको
विराटनगर । दमक–१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ। गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको आज मृत्यु भएको हो। विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
विराटनगर। सोसल मिडिया प्लाटफर्म फेसबुकले २०२५ को पहिलो ६ महिनामा १ करोड नक्कली अकाउन्टहरू ब्लक गरेको छ। फेसबुकको मातृ कम्पनी मेटाले जारी गरेको प्रतिवेदन अनुसार, ती अकाउन्टहरूले दोहोरो प्रोफाइल बनाएर फेसबुक एल्गोरिदम तथा अडियन्सको संख्याको फाइदा उठाउने प्रयास गरिरहेका थिए। मेटाले यस्तो गतिविधिलाई “स्पामी कन्टेन्ट” को रूपमा परिभाषित गरेको छ। मेटाले सोसल मिडिया फिडलाई विश्वसनीय,
विराटनगर । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख (मेयर) रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई समातिएको हो।
दिलीप अग्रवाल विराटनगर। मोरङको रंगेली नगरपालिका–२ आमतोला स्थित कर्सिया–रंगेली हुलाकी सडकखण्डमा लागुऔषध नाइट्राजेपामसहित दुई जना युवक पक्राउ परेका छन्। २०८२ साल साउन ३१ गते राति, को २५ प ८१३८ नम्बरको मोटरसाइकलमा कर्सियाबाट रंगेली तर्फ आउँदै गरेका दुई जना व्यक्तिलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले शंकास्पद रुपमा रोकी चेकजाँच गरेको थियो। चालक झापा जिल्ला दमक
विराटनगर । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अस्पतालमै कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जना मगर रहेको प्रहरीले जनाएको छ। बालिका मंगलबार अपराह्न खेल्ने क्रममा अस्पताल परिसरभित्र रहेको सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। घटनापछि तत्कालै उद्धार गरी उपचारका लागि सोही अस्पतालमा भर्ना गरिए
विराटनगर । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र
विराटनगर । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय नम्बर प्लेटकाे मिनी ट्रक त्रिशूली नदीमा खसेको छ। भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति १०ः२५ बजे मिनी ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यलय चितवनकका अनुसार भारतबाट मेवा बोकेर काठमाडौं जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आईचर ट्रक अनियन्त्रित भई सडकदेखि करिव ८०
विराटनगर। नेपालको ट्रान्सजेन्डर समुदायको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमा गुन्यो चोलो आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो गीत म फूल हुँ कि काँडा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको हो। सिनेमामा नायक नाजिर हुसेनले पारालैंगिक महिलाको चुनौतीपूर्ण भूमिका निभाएका छन्। सार्वजनिक गीतको भिडियामा उनी बेहुलीझैँ सजिएर