‘अञ्जिला’ फिल्म ५१ औँ दिनमा प्रवेश, १० करोडभन्दा बढीको व्यापार

काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ। गत वर्षको फागुन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्मले १० करोडभन्दा बढीको व्यवसाय गर्दै यो उपलब्धि हासिल गरेको हो। मिलन चाम्स निर्देशित यो फिल्म सम्भवत: ५१ दिन प्रदर्शनमा टिक्न सफल भएको पहिलो

लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ

विराटनगर / मोरङ र सुनसरीका दुई फरक स्थानबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। वैशाख १९ गते गरिएको कारबाहीमा भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गरेका व्यक्तिहरू समातिएका हुन्। लागुऔषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका–८ निवासी २९ वर्षीय विकेश भट्टराईलाई विराटनगर महानगरपालिका–१५ बाट १ ग्राम ६४ मिलिग्राम खैरो हिरोइनसहित

‘बलिदान’ मार्फत समीर भट्टको एक्सन अवतार, प्रि–टिजर ट्रेन्डिङको शिखरमा

काठमाडौं / छोटो समयमै नेपाली सिनेमा उद्योगमा लोभलाग्दो पहिचान बनाएका समीर भट्ट आफ्नो दोस्रो सिनेमा ‘बलिदान’ मार्फत दर्शकमाझ आउन लागेका छन्। ‘१२ गाउँ’ जस्तो ब्लकबस्टर सिनेमाबाट डेब्यु गरेका समीरले पहिलो फिल्मकै सफलता पछ्याउँदै ठूलो क्रेज बनाएका छन्। पहिलो सिनेमा सार्वजनिक हुनु अगावै बिराज भट्टका छोरा हुनु, भारतीय फिल्म बजारमा प्रशिक्षण लिएको हुनुजस्ता विशेषताले उनीबारे व्यापक

एनईएसी क्लबद्वारा भलिबल खेलाडीको सम्मानसहित विदाई 

विराटनगर / व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरेन्टमा क्लबले विशेष कार्यक्रम गरेर विदाई

स्कारपियो दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते

उदयपुर / उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मंगलबार बेलुका एक स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। चितवनबाट झापा जाँदै गरेको मे. १ च ३०४० नम्बरको स्कारपियो गाडी वैशाख १८ गते अपराह्न अनियन्त्रित भई सडक किनारमा रहेको फलामको बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी

ओडिसास्थित केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला

बिराटनगर / भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा पर्सा जिल्ला, वीरगन्जकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रहरीलाई उद्धृत गर्दै आएका खबरअनुसार उनी आफ्नै छात्रावासको कोठामा मृत अवस्थामा फेला परेकी हुन्। घटनाको कारणबारे विस्तृत विवरण आइनसकेको भए पनि अनुसन्धान भइरहेको

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ४ जना पक्राउ

विराटनगर /  पूर्वी नेपालका विभिन्न जिल्लाहरूबाट प्रहरीले लागूऔषध र गाँजा सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि र गाँजा बरामद गरिएको छ। वैशाख १७ गते साँझ विराटनगर महानगरपालिका–१६ स्थित इलाकाबाट लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले चेकजाँचको क्रममा तीन जनालाई ब्राउन सुगर सहित पक्राउ गरेको

आसाममलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको आसाम क्रिकेट क्वललाई ६

‘पेस्तोल पड्काउँदै नाचेको’ भिडिओ प्रकरणः जसपा नेता डा. बबिसिंह यादव प्रहरी सोधपुछमा

विराटनगर। जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेता डा. बबिसिंह यादवलाई सामाजिक सञ्जालमा भाइरल भएको भिडिओका कारण प्रहरीले सोधपुछका लागि बोलाएको छ। उक्त भिडिओमा यादव ‘पेस्तोल पड्काउँदै नाचिरहेको’ देखिएपछि सप्तरी प्रहरीले उनीसँग सोधपुछ गर्न लागेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, भिडिओमा पेस्तोल पड्काएको जस्तो देखिएको हुँदा उक्त घटनाको सत्यतथ्य बुझ्न उनलाई

कोशी प्रदेशमा पहिलोपटक ‘भायानेट फस्ट कोशी आईटी समिट २०२५’ विराटनगरमा हुँदै

विराटनगर। कोशी प्रदेशको सूचना प्रविधि क्षेत्रको सम्भावना, अवसर र चुनौतीबारे गहन संवाद गर्ने उद्देश्यले ‘भायानेट फस्ट कोशी आईटी समिट २०२५ – पावर्ड बाई बीवाईडी’ यही शनिबार विराट मेडिकल कलेज, विराटनगरमा आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना सीएनआईवाईईएफ कोशी च्याप्टरले गर्दैछ। समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूमार्फत २० भन्दा बढी वक्ताहरूले आफ्ना विचार राख्नेछन् भने ५००