बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आइतबार उनको निधन भएको पुष्टि गरेको हो। अस्पतालका अनुसार सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो। बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते अछाम पुगेका सिटौला त्यहीँ अचानक बेहोस
विराटनगर । विराटनगर जुनियर जेसिजको निर्वाचन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जेसीज भवन, विराटनगरमा शनिबार सम्पन्न निर्वाचनबाट संस्थाको नयाँ नेतृत्व चयन गरिएको हो । निर्वाचन परिणामअनुसार जुनियर जेसी ओम जोगी अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा जुनियर जेसी निशान्त भट्टराई, सुहानी श्रेष्ठ, आदर्श आचार्य र रुकुल अमात्य चयन भएका छन् । यस्तै,
विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा
विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चारजना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसको अवसर पारेर शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईसहित चारजनालाई नगदसहित पुरस्कृत गरेको हो । प्रतिष्ठानले १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार डा. शेखर कोइरालालाई जिताउन जेनजीहरु पनि सक्रिय भएका छन् । जेनजीहरुका असली नेता भएकाले डा. शेखर कोइरालालाई जिताउनुपर्नेमा उनीहरुको जोड छ । कांग्रेसभित्र जेनजीका विषयमा सबैभन्दा पहिला आवाज उठाउने नेता नै कोइराला भएको मोरङको सुन्दरहरैंचाका रुपेश बस्नेत बताउँछन् । हावाका पछि नलागी असली
सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ की नेकपा एमाले उम्मेदवार भगवती चौधरीले युवामैत्री घोषणापत्र ल्याउने प्रतिबद्धता जनाउनुभएको छ। युवामैत्री घोषणापत्र तयार पार्न उहाँले सुनसरी–३ का युवासँग निरन्तर परामर्श गरिरहनुभएको छ। सुझाव संकलनका लागि सामाजिक सञ्जालमार्फत आह्वानसमेत गर्नुभएको छ। आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ
विराटनगर । लगातार नयाँ रेकर्ड बनाउँदै उकालो लागेको सुनको भाउ शुक्रबार एकाएक घटेको छ । नेपाली बजारमा बिहीबार तोलामा २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुन शुक्रबार सोही दरले घट्दै तीन लाख १८ हजार ८०० रुपैयाँमा झरेको हो । सुनचाँदीको मूल्यमा देखिने यस्तो उतारचढाव नेपाली बजारमा मात्र निर्भर नहुने
विराटनगर । विराटनगर–१२ स्थित पञ्चमुखी युवा समाजले तिहारमा देउसीभैलोबाट संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । विराटनगर–१२ अवस्थित दुईवटा विद्यालयका ४१० जना विद्यार्थीलाई कपी, डठपेन र पेन्सिल वितरण गरिएको समाजका अध्यक्ष लाक्पा लामाले जानकारी दिए । सहिद दिवसको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको लामाको भनाइ थियो । उनका अनुसार मलङ्गुवास्थित जनता
विराटनगर । सहिद दिवसको अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले देश र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको बलिदानलाई व्यवहारिक शासन र सेवामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् । जारी गरिएको सन्देशमा मेयर कोइरालाले धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजस्ता अमर सहिदहरूले जहानियाँ राणा शासनको दमन र
दीपक ढकालको नेतृत्वमा ‘दर्शन नेपाल’को निःशुल्क सेवा अभियान, मानवताको उत्कृष्ट उदाहरण दीपक ढकालको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘दर्शन नेपाल’ले विगत पाँच वर्षदेखि निरन्तर रूपमा निःशुल्क सवारी सेवा प्रदान गर्दै आइरहेको छ। समाजका विपन्न, असहाय तथा आपतविपतमा परेका नागरिकहरूका लागि यो अभियान आशाको किरण बनेको छ। आर्थिक अवस्था कमजोर भएकै कारण अत्यावश्यक सेवा लिन नसक्नेहरूका लागि