विराटनगरमा चौथौं संस्करणको ‘Biratnagar Music Festival–2082’, स्मृति बेन्डलाई विशेष सम्मान

विराटनगर । विराटनगरस्थित Live Entertainment द्वारा आयोजना गर्न लागिएको ‘Biratnagar Music Festival–2082’ यही असोज ३१ गते बेलुकी ४ बजे, शुक्रबार विराटनगर मेनरोडस्थित जैन भवनको खुला मैदानमा भव्य रूपमा आयोजना गरिने भएको छ। नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुँदै आएको यो संगीत महोत्सवले यस वर्ष पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक, कारोबार सुरु भएको ३ मिनेटमै ४ प्रतिशत वृद्धि

बिराटनगर । नेपाली सेयर बजारले बिहीबार (असोज २३) नयाँ उछाल देखाएको छ। कारोबार सुरु भएको केबल ३ मिनेटमै बजार सूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। सर्किट ब्रेक लागेसँगै बजार कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ। अघिल्लो दिन नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा

सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँमा

विराटनगर । नेपाली बजारमा सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ । बिहीबार (असोज २३) छापावाल सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबारको मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। बुधबार (असोज २२) सुन

माइतीघरबाट निकोलस भुसाल पक्राउ

विराटनगर । राजधानीको माइतीघरबाट बिहीबार प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले पक्राउ गरेको हो। आज माइतीघर क्षेत्रमा प्रदर्शनका लागि आउने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। सोही क्रममा यसअघि एसपी साह नामका युवकलाई पनि प्रहरीले पक्राउ गरेको थियो। संभावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै माइतीघर मण्डलामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको

सुनसरीमा गोदाम घरबाट जुवा खेलिरहेका ७ जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित गोदाम घरमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। मंगलबार राति प्रहरीले विशेष सूचनाको आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ का ५२ वर्षीय रमानन्द महतोसहित ७ जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद रु १ लाख ९०

सुनको मूल्य तोलामा २६ सयले बढ्यो, चाँदी घट्यो

बिराटनगर । बुधबार (आज) सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार रुपैयाँ तोकिएको छ। मंगलबार (हिजो) प्रतितोला दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज २६ सय रुपैयाँले बढ्दै नयाँ दर कायम भएको हो। यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५

शिवपुरीमा श्रीमतीको हत्या, पति नियन्त्रणमा

शिवपुरी गाउँपालिका–७ मा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमान तामाङले घरायसी विवादका क्रममा ४९ वर्षीया श्रीमती सविनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार घटनास्थलमै सविनाको मृत्यु भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले तत्कालै घटना स्थलमा पुगेर अभियुक्त तामाङलाई नियन्त्रणमा

नेपाल अग्रवाल सभाद्वारा विराटनगर–१२ का बाढीपीडितलाई राहत वितरण

विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरले बाढी पीडितहरूको घर–घरमा पुगेर राहत सामग्री वितरण गरेको छ। विराटनगरका विभिन्न बस्तीहरू बाढीले डुबानमा परेको जानकारीपछि सभाले प्रत्यक्ष रूपमा पुगेर सहयोग हस्तान्तरण गरेको हो। नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालको नेतृत्वमा आइतबार विराटनगर–१२ का बखरी, मलङ्वा र दरैया बस्तीमा पुगेर राहत वितरण गरिएको हो। सो कार्यक्रममा विराटनगर महानगरपालिकासँग

मंगलबार २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेको हो। आज (मंगलबार) सुन तोलाको मूल्य दुई लाख ३५ हजार चार सय रूपैयाँ कायम भएको छ। सोमबार यसको मूल्य दुई लाख ३३ हजार एक सय रूपैयाँ थियो।

सुनसरीमा लगातारको वर्षाले बाढीपहिरोको जोखिम, एक हजारभन्दा बढी घर डुबानमा

सुनसरी । लगातारको वर्षाका कारण सुनसरी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ। बाढीका कारण आज करिब १,०३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाका बस्तीहरूमा बाढी पसेको हो। डुबानमा परेका अधिकांश घरका बासिन्दा अस्थायी रूपमा सुरक्षित स्थानमा