Category: Crime

रौतहटमा १३३ किलो गाँजासहितको कार बरामद, चालक फरार

विराटनगर ।रौतहटको गरुडामा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। गरुडा नगरपालिका–५ स्थित झाँझ खोला नजिक ग३च ६७९६ नम्बरको एक निजी कारबाट १३ पोकामा रहेको १३३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको सो कार इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा प्रहरीको आदेश अवज्ञा गर्दै कार फरार भएको

सिरहाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

विराटनगर । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख (मेयर) रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई समातिएको हो।

लागू औषधसहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ

विराटनगर। मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र बुढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महतरालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई १३

बैंकमा रकम जम्मा गर्न जाँदै गरेका युवकसँग डकैती गर्ने गिरोह पक्राउ

विराटनगर। मोरङको विराटनगरमा एक युवकसँग डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१५ निवासी २० वर्षीय बिक्रम कुमार साह तेलीलाई बैंकमा जम्मा गर्न लिइएको रु. ३ लाख ६४ हजार रकम लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। घटना मिति २०८२ असार ११ गते बिहान ११:१५ बजेको हो। बिक्रम कुमार साह बैंकतर्फ

प्रहरी भएको नाटक गरी नगद लुटपाट गर्ने समूहका दुई जना पक्राउ

विराटनगर। प्रहरी भएको भन्दै सर्वसाधारणलाई बन्धक बनाई नगद लुटपाट गर्ने समूहका दुई जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन् । उनीहरूले गत असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई लुटपाट गरेका थिए

चितवनमा तास खेल्दै गरेका ६ जना पक्राउ

विराटनगर । चितवन प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार तामाङको घरमै जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तहरूसँग नगद ३३ हजार ९६० रुपैयाँसमेत बरामद गरिएको

सिरहाको गोलबजारमा किशोरीद्वारा युवकमाथि छुरा प्रहार, दुबै घाइते

विराटनगर । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेको भनिएकी एक किशोरीले युवकमाथि छुरा प्रहार गरेकी छिन्। छुरा प्रहारबाट घाइते भएका युवकको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। गोलबजार नगरपालिका–१३ दुर्गापुर घर भई गोलबजार–४ मा डेरा गरी बस्दै आएका करिब २४ वर्षीय अशोककुमार महतोको घाँटीमा छुरा प्रहार

लागुऔषध कारोबारीमाथि प्रहरीको गोली, चार जना पक्राउ

काठमाडौं। काठमाडौंको टोखा क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न अभियुक्तहरूलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) का अनुसार उपत्यकामा लामो समयदेखि खैरो हिरोइनको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खोजतलासमा खटिएको थियो। खोजतलासको क्रममा काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित सडकबाट भारतका दुई नागरिकलाई मंगलबार दिउँसो

युवतीलाई पेट्रोल छर्की हत्या गरिएको घटनामा संलग्न अभियुक्तकाे बुवा पक्राउ

बिराटनगर / झापा अर्जुनधारा–११ की २१ वर्षीया इशा योगी शेर्पामाथि भएको निर्मम आगजनी तथा हत्या प्रकरणमा अभियुक्त रुद्रराज लामाका पिता एसराज लामा पक्राउ परेका छन्। मोरङ जिल्ला अदालतबाट म्याद थपसहित अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। घटना २०७६ साल वैशाख ८ गतेको हो। बिराटनगर महानगरपालिका–१६ मा भाडामा बसी पसलमा काम गरिरहेकी इशा योगी शेर्पाको

सुनसरीमा लागूऔषध गाँजासहित सिटी सफारी र चालक पक्राउ

बिराटनगर / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक सिटी सफारी र त्यसका चालकलाई पक्राउ गरेको छ। बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००४ ह १६४३ नम्बरको सिटी सफारीबाट ४१ किलोग्राम गाँजा बरामद गरेको हो।