विराटनगर । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ स्थित क्षेत्रबाट ठूलो परिमाणमा लागू औषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार असार २१ गते राति सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको टोलीले सडक छेउमा शंका लाग्दो अवस्थामा पार्क गरिएको MH 02 BP 9742 नम्बरको कार जाँच गर्ने क्रममा कारको
विराटनगर। मोरङको विराटनगरमा एक युवकसँग डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१५ निवासी २० वर्षीय बिक्रम कुमार साह तेलीलाई बैंकमा जम्मा गर्न लिइएको रु. ३ लाख ६४ हजार रकम लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। घटना मिति २०८२ असार ११ गते बिहान ११:१५ बजेको हो। बिक्रम कुमार साह बैंकतर्फ
विराटनगर । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई प्रहरीले बुधबार ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको हो। रिसालले युके पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको भन्ने उजुरीका आधारमा उनीमाथि
विराटनगर। प्रहरी भएको भन्दै सर्वसाधारणलाई बन्धक बनाई नगद लुटपाट गर्ने समूहका दुई जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन् । उनीहरूले गत असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई लुटपाट गरेका थिए
विराटनगर ।झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर र गाँजासहित ६ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३
विराटनगर। पूर्वी नेपालका झापा, मोरङ र सुनसरी जिल्लाबाट प्रहरीले विभिन्न प्रकारका लागू औषधसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार १४ गते विभिन्न स्थानमा गरिएको अपरेशनबाट ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, ट्रामाडोल र नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको हो। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितमा प्रहरी चौकी भरौलको टोलीले चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट
विराटनगर ।सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गते चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार धरान उपमहानगरपालिका–११ का १९ वर्षीय सुवन तामाङ, २७ वर्षीय मिसन राई,
विराटनगर । चितवन प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१८, गाजीपुरका ५२ वर्षीय आयुमान तामाङसहितका व्यक्तिहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार तामाङको घरमै जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तहरूसँग नगद ३३ हजार ९६० रुपैयाँसमेत बरामद गरिएको
विराटनगर। झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क क्षेत्रबाट अवैध हतियारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा WB70 G 3232 नम्बरको कार जाँच गर्दा सिटमुनी लुकाइछिपाई राखिएको हतियार फेला
विराटनगर । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेको भनिएकी एक किशोरीले युवकमाथि छुरा प्रहार गरेकी छिन्। छुरा प्रहारबाट घाइते भएका युवकको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। गोलबजार नगरपालिका–१३ दुर्गापुर घर भई गोलबजार–४ मा डेरा गरी बस्दै आएका करिब २४ वर्षीय अशोककुमार महतोको घाँटीमा छुरा प्रहार