Category: अपराध

धरानमा लागूऔषध सहित ६ जना पक्राउ

सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान–११ का १८ वर्षीय आशिष तामाङ, धरान–८ का २३ वर्षीय अनिल लिम्बु, १८ वर्षीय अनिल मगर, धरान–१७ का २२ वर्षीय राज कुमार राई, २८ वर्षीय अनिल मगर र धरान–१९ का १८ वर्षीय अनिस मगर

गाँजा ओसारपसारमा संलग्न एक जना पक्राउ, ८९० किलो गाँजा बरामद

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ओख्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइ राखिएको प्लास्टिकको २९ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ८ सय ९० किलोग्राम रहेको छ। उक्त

झापा र सुनसरीमा लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर। झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले जेष्ठ ३ गते विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। झापाको बिर्तामोड नगरपालिका–४ का २६ वर्षीय संजोग लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको टोलीले ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, इलाका प्रहरी

झापा र मोरङमा लागूऔषध ब्राउन सुगरसहित २१ जना पक्राउ

विराटनगर/ झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउन सुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया, सिजुवा र उर्लाबारीको संयुक्त टोलीले विशेष चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जेठ २ गते मोरङको रतुवामाई नगरपालिका-२ स्थितबाट सुरु भएको अभियान अन्तर्गत, रतुवामाई-८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २

लागूऔषध गाँजासहित पाँच जना पक्राउ

विराटनगर। सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जेठ १ गते भएको प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै अपरेशनमा ठूलो परिणाममा गाँजा बरामद भएको हो। सुनसरीको इलाका प्रहरी कार्यालय देवानगञ्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले हरिनगर गाउँपालिका–७ का ५० वर्षीय मिकाईल मियालाई ५ किलो गाँजासहित नियन्त्रणमा लिएको छ। यता, धनकुटाको

लागू औषध खैरो हिरोइन सहित चार जना पक्राउ

विराटनगर। झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध खैरो हिरोइन सहित चार जना पक्राउ परेका छन्। प्रहरीले वैशाख ३१ गते विभिन्न स्थानमा गरेको अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। मोरङको विराटनगर-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मोरङ बेलबारी-७ का २२ वर्षीय रोशन राईलाई २ ग्राम १३ मिलिग्राम खैरो

झापा, मोरङ, सुनसरी र भोजपुरबाट ब्राउन सुगर सहित १२ जना पक्राउ

विराटनगर / झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरूबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले बुटवल नगरपालिका–३, रुपन्देहीकी २५

झापा र खोटाङमा पारिवारिक विवादले हत्या, दुई जना पक्राउ

विराटनगर /झापा र खोटाङ जिल्लामा पारिवारिक विवादले हिंसात्मक मोड लिँदा दुई जनाको ज्यान गएको छ भने घटनामा संलग्न दुई जना प्रहरीको नियन्त्रणमा आएका छन्। झापाको कनकाई नगरपालिका–२, सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्। वैशाख २७ गते राति करिब साढे ८ बजे आपसी वादविवादको क्रममा

लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा

विराटनगर/ झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख २७ गते झापाको गौरीगंज गाउँपालिका–२ स्थित प्रहरी चौकी कोरोबारीको टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार दुई युवालाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल चालक दमक नगरपालिका–३ का २२ वर्षीय दिपेश बानिया र पछाडि सवार गौरादह नगरपालिका–५ का

प्रतिबन्धित औषधी र ब्राउन सुगरसहित १२ जना पक्राउ

विराटनगर/ प्रदेश १ का विभिन्न जिल्लाबाट प्रतिबन्धित औषधी र लागुऔषध ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर, धनकुटा, झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूमा प्रहरीको निगरानीमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ३० वर्षीय मिलन