विराटनगर/ झापाको मेचीनगर–७, जोरसिमलबाट १५ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको गस्ती टोलीले बुधबार काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा जाँचका क्रममा नगदसहित उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति मोरङ उर्लाबारी–८ निवासी ३८ वर्षीय डम्बरबहादुर कार्की हुन्। सशस्त्र प्रहरीले उनीसँग भारु १४ लाख ९९ हजार ७०० बरामद गरेको जनाएको छ।
विराटनगर/ बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको केरावारी गाउँपालिका–९ का नईन्द्र विश्वकर्मा सन् २०८० मा वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। गम्भीर मृगौला रोगका कारण उनी २०८१ मा नेपाल फर्किएका थिए र उपचारकै क्रममा उनको निधन भएको थियो। मृतककी पत्नी
विराटनगर। पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा निषेधित औषधी र लागू पदार्थ कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, झापा र सुनसरी जिल्लामा खटिएको प्रहरी टोलीले वैशाख २३ गते विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। मोरङको विराटनगर-१६ बाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले सुनसरी इटहरी उपमहानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई खैरो
झापा / लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा झापाको कनकाई नगरपालिका–४, तल्लो चाप्रामारीमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान करिब पौने ९ बजे शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनी फरार भएका थिए। प्रहरीले शरणामतीबाट सुरूङ्गातर्फ जाँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच
सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडक किनाराबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वैशाख २१ गते राति प्राप्त गोप्य सूचनाको आधारमा सर्च अपरेशन सञ्चालन गर्दै ११ वटा प्लास्टिकका बोरा फेला पारेको थियो। ती बोरामा जम्मा ३३० किलोग्राम गाँजा रहेको प्रहरीले जनाएको छ। गाँजा बेवारिसे अवस्थामा
विराटनगर / गतेखोटाङ, उदयपुर, सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका–१६ स्थित चेकजाँचको क्रममा मोरङ बेलबारी नगरपालिका–११ का १९ वर्षीय दिवश धिमाललाई २ ग्राम ४७ मिलिग्राम, बेलबारी–२ का २१ वर्षीय सन्तोष ऋषिदेवलाई ३ ग्राम
सुनसरी/सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारीबाट प्रहरीले भारतिय नम्बर प्लेट भएको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडकहरूमा चेकजाँच गर्ने क्रममा भारतिय नम्बर BR38P5414 भएको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।
सुनसरी / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७ का २५ वर्षीय सजाद अन्सारीलाई कटुवा पेस्तोल राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार, वैशाख १८ गते अपरान्ह स्थानीय स्तरमा भएको बादविवादको क्रममा अन्सारीले पेस्तोल देखाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अन्सारीको साथबाट कटुवा
विराटनगर। जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेता डा. बबिसिंह यादवलाई सामाजिक सञ्जालमा भाइरल भएको भिडिओका कारण प्रहरीले सोधपुछका लागि बोलाएको छ। उक्त भिडिओमा यादव ‘पेस्तोल पड्काउँदै नाचिरहेको’ देखिएपछि सप्तरी प्रहरीले उनीसँग सोधपुछ गर्न लागेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, भिडिओमा पेस्तोल पड्काएको जस्तो देखिएको हुँदा उक्त घटनाको सत्यतथ्य बुझ्न उनलाई
बिराटनगर / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक सिटी सफारी र त्यसका चालकलाई पक्राउ गरेको छ। बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००४ ह १६४३ नम्बरको सिटी सफारीबाट ४१ किलोग्राम गाँजा बरामद गरेको हो।