झापा, मोरङ, सुनसरी र भोजपुरबाट ब्राउन सुगर सहित १२ जना पक्राउ

विराटनगर / झापा, मोरङ, सुनसरी र भोजपुरका विभिन्न स्थानहरूबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको बुद्धशान्ति गाउँपालिका–३, बुधबारे बजारस्थित इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। त्यसैगरी, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले बुटवल नगरपालिका–३, रुपन्देहीकी २५

पाँचथरमा करेन्ट लगाई माछा मार्ने क्रममा एक युवकको मृत्यु

विराटनगर / पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ स्थित नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ। मिक्लाजुङ गाउँपालिका–७ निवासी २० वर्षीय ईसारा थिगिम वैशाख २७ गते नावाखोलामा जनेरेटरको सहायताले करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविले जानकारी दिएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा

तेस्रो मिल्स भेट्रान्स गोल्डकप सुरु

विराटनगर । विराटनगर – कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन दिनका खेलहरूमा हाम्रो भेट्रान्स क्लब धरान र कन्काई भेट्रान्स क्लब झापा विजयी भएका छन् । पहिलो खेलमा धरानले युनाइटेड भेट्रान्स क्लबलाई

झापा र खोटाङमा पारिवारिक विवादले हत्या, दुई जना पक्राउ

विराटनगर /झापा र खोटाङ जिल्लामा पारिवारिक विवादले हिंसात्मक मोड लिँदा दुई जनाको ज्यान गएको छ भने घटनामा संलग्न दुई जना प्रहरीको नियन्त्रणमा आएका छन्। झापाको कनकाई नगरपालिका–२, सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले आफ्नी श्रीमती ३४ वर्षीया पूजा हेमरनको खुकुरी प्रहार गरी हत्या गरेका छन्। वैशाख २७ गते राति करिब साढे ८ बजे आपसी वादविवादको क्रममा

मोरङका कृषक मकै भित्र्याउन व्यस्त, मजदुर अभावले समस्या

रबिन्द्र बराल विराटनगर/मोरङ जिल्लाको दक्षिणी क्षेत्रका रंगेली, सुनवर्षि, रतुवामाई, धनपालथान लगायतका क्षेत्रमा कृषकहरू अहिले मकै भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीले राम्रो आम्दानी दिन थालेपछि किसानहरू मकैतर्फ आकर्षित हुन थालेका हुन्। बलौटे माटोमा समेत उत्पादन हुन थालेपछि अघिसम्म बाँझो देखिने खेतहरू अहिले हरियाली र भरिभराउ देखिन थालेका छन्। फागुन महिनामा रोपिएको मकै जेठ

बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर। मोरङ र झापामा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको ग्रामथान गाउँपालिका– २ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। शनिबार बेलुका ईंटा बोकेर गुडिरहेको को १ त ७४२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकछेउ खेतमा पल्टँदा दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका– ५ बस्ने २० वर्षीय राहुल सरदार

लागुऔषध ब्राउन सुगर सहित ६ जना प्रहरीको नियन्त्रणमा

विराटनगर/ झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगर सहित ६ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वैशाख २७ गते झापाको गौरीगंज गाउँपालिका–२ स्थित प्रहरी चौकी कोरोबारीको टोलीले बा.२८ प ५३८४ नम्बरको मोटरसाइकलमा सवार दुई युवालाई नियन्त्रणमा लिएको हो। मोटरसाइकल चालक दमक नगरपालिका–३ का २२ वर्षीय दिपेश बानिया र पछाडि सवार गौरादह नगरपालिका–५ का

नेपाल तरुण दल विराटनगर ६ द्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल विराटनगर ६ द्वारा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न राष्ट्रियता लोकतन्त्र समाजवाद तरुण एकता मूलनाराका साथ नेपाल तरुण दल विराटनगर ६ द्वारा नयाँ वर्ष २०४२ सालको शुभकामना सहित भेटघाट तथा चियापन कार्यक्रम विराटनगर महानगरपालिका वार्ड नं ६ स्थित ब्रह्मथान मन्दिरमा सम्पन्न भएको छ। उक्त भेटघाट तथा चियापन कार्यक्रममा विराटनगर ६ स्थित २०० युवाहरूको

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। वैशाख २५ गते दिउँसो विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका गिरीलाई तत्काल उपचारका लागि नोबेल अस्पताल, विराटनगर लगिएको थियो। तर, उपचार शुरू हुनु

पानीमा डुबेर नाबालिकाको मृत्यु

झापा/ झापाको शिवसताक्षी नगरपालिका–८ मा पानीमा डुबेर एक नाबालिकाको ज्यान गएको छ। वैशाख २५ गते विहान मनहरा बस्ने लुखिराम टुडुको १५ महिनाकी छोरी रोसिका टुडु घरनजिकै रहेको धानखेतमा जमेको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन्। नाबालिका रोसिका आफ्नै आमा कल्पना टुडुले पानीमा डुबेको देखेकी थिइन्। उनले तत्काल छोरीलाई पानीबाट निकाल्दा मृत भइसकेको पुष्टि भएपछि