विराटनगर / काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ मा आज बिहान विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण केन्द्रद्वारा विस्तार भइरहेको लाइनमा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको ११ हजार भोल्टको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान ११:३० बजे
विराटनगर। विराटनगर महानगर क्षेत्रमा जमिन भासिने जोखिम बढेको छ। महानगरका विभिन्न क्षेत्रमा गरिएको अध्ययनका क्रममा यस्तो पाइएको हो। भौगर्भिक अध्ययनबाट विराटनगर जमिन भासिने ‘सिंकहोल’ को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो। खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान ‘सिंकहोल’ को उच्च सम्भावित जोखिममा छन्। अध्ययनको विस्तृत जानकारी आउन बाँकी छ
विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी बलले तत्काल कारबाही थालेको छ। सोही क्रममा रानी नाकामा खटिएका डिएसपी ऋषिकेश राउतलाई फिर्ता बोलाई नयाँ डिएसपी अमर खत्रीलाई पठाइएको छ। वैशाख ३१ गते विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि ३०
विराटनगर/ झापा र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउन सुगरसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया, सिजुवा र उर्लाबारीको संयुक्त टोलीले विशेष चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जेठ २ गते मोरङको रतुवामाई नगरपालिका-२ स्थितबाट सुरु भएको अभियान अन्तर्गत, रतुवामाई-८ का ३३ वर्षीय नबिन नेपालीको साथबाट २
विराटनगर। सुनसरी र धनकुटाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जेठ १ गते भएको प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै अपरेशनमा ठूलो परिणाममा गाँजा बरामद भएको हो। सुनसरीको इलाका प्रहरी कार्यालय देवानगञ्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको टोलीले हरिनगर गाउँपालिका–७ का ५० वर्षीय मिकाईल मियालाई ५ किलो गाँजासहित नियन्त्रणमा लिएको छ। यता, धनकुटाको
विराटनगर/ धनकुटा नगरपालिका–८ शिवबेशी निवासी ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, राई आफ्नै खेतबारीमा धान गोडिरहेका बेला नजिकैको बिजुलीको पोलबाट अचानक तार चुडिएर भुईंमा खस्दा उनी करेन्टमा परेका थिए। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
कोशी प्रदेशका पहाडी जिल्लाहरूमा खेलकुद बोर्डको अनुगमन र अन्तरक्रिया विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका विभिन्न पहाडी जिल्लाहरूको खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ। प्रदेशका १४ जिल्लाकै खेलकुद संरचनाको अनुगमन, निरीक्षण र अन्तरक्रियाको क्रममा हाल बोर्डले प्रदेशका पहाडी जिल्लाहरूमा खेलक्षेत्रका सरोकारवालाहरू, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, निजीक्षेत्रसँग
विराटनगर/ ट्यांकरको ठक्करले मोरङको उर्लाबारीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ग६प ५०२६ नम्बरको मोटरसाइकललाई ना५ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ।
रविन्द्र बराल रंगेली। मोरङको रंगेली नगरपालिका–९, दोहमना बजारमा बिहीबार एक दिने आँखा शिविर सम्पन्न भएको छ। विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर हरेक आइतवार र बिहीबार लाग्ने हाटबजारलाई लक्षित गरी सञ्चालन गरिएको हो। स्थानीय शेषराज राजवंशीका अनुसार, हाटबजारमा ठूलो संख्यामा भीडभाड हुने भएकाले सो अवसरमा शिविर सञ्चालन गर्दा धेरैले सेवा लिन सक्ने भएकाले
विराटनगर/ भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली बोलाएर दुबै मन्त्रालय मातहतका कार्यालयका कर्मचारीहरुको भेला गराएर बिहीबार बेरुजु शून्यमा ल्याउने अभियान सुरु गरेका हुन् । भेलामा बेरुजु फर्छयौटमा देखिएका समस्याहरुको बारेमा महालेखा परीक्षक कार्यालयका