विराटनगर। मोरङको विराटनगरमा एक युवकसँग डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला मोरङ, विराटनगर महानगरपालिका–१५ निवासी २० वर्षीय बिक्रम कुमार साह तेलीलाई बैंकमा जम्मा गर्न लिइएको रु. ३ लाख ६४ हजार रकम लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। घटना मिति २०८२ असार ११ गते बिहान ११:१५ बजेको हो। बिक्रम कुमार साह बैंकतर्फ
विराटनगर । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई प्रहरीले बुधबार ललितपुरको एकान्तकुनाबाट पक्राउ गरेको हो। रिसालले युके पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको भन्ने उजुरीका आधारमा उनीमाथि
विराटनगर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त सम्झौता अनुसार अब अमेरिकाले भियतनामबाट आयात हुने वस्तुहरूमा २० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउनेछ। राष्ट्रपति ट्रम्पले भनेका छन्, “यो सम्झौता ऐतिहासिक छ। अब भियतनामले अमेरिकाबाट आयात हुने वस्तुहरूमा कुनै पनि शुल्क लगाउने छैन।” यसअघि भियतनामसँगको व्यापार असन्तुलन
विराटनगर। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतर्फ सरि पश्चिम नेपालको केही नजिक रहेकाले वर्षाको प्रभाव अझ तीव्र हुने देखिएको हो। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा
विराटनगर। झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गमा जंगली हात्तीको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ। बिहीबार बिहान शौचालयका लागि घर बाहिर निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गाउँमा पसेको जंगली हात्तीले लिम्बूलाई आँगनमै आक्रमण गरेको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको
विराटनगर । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मंगलबार राति विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार ४१ वर्षीय दीपक चन्दलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र
विराटनगर। प्रहरी भएको भन्दै सर्वसाधारणलाई बन्धक बनाई नगद लुटपाट गर्ने समूहका दुई जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का २४ वर्षीय समीर हुसेन र वडा नं. ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका छन् । उनीहरूले गत असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई लुटपाट गरेका थिए
विराटनगर। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति आएको पहिरोले एक घर पुरिँदा चारजना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घरमा पहिरो खस्दा उनीसहित उनकी श्रीमती ठगमाया कटुवाल, छोरा जगत् कटुवाल र छोरी सम्झना कटुवाल घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिएका छन् । स्थानीयका अनुसार पहिरो घरमाथिको कुलो थुनिएर आएको पानीको दबाबका कारण खसेको हो
विराटनगर । सुनसरीको गढी गाउँपालिकामा स्कुल बसको चपेटामा परेर एक तीन वर्षीय बालकको ज्यान गएको छ। गढी गाउँपालिका–६ मा मंगलबार अपराह्न भएको दुर्घटनामा गढी–३ छिटाहा निवासी तीन वर्षीय आयुष उराउको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले बालकलाई
विराटनगर । विराटनगर महानगरपालिका वडा नंं ८ ले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्दै आएको छ । वडा कार्यालयले गत वर्षदेखि जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरु गरेको हो । जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, स्वास्थ्य परीक्षण गर्ने, सरकारले निशुल्क उपलब्ध गराएका औषधीहरुबारे जानकारी दिने र जेष्ठ नागरिकको अवस्थाहेरि स्वास्थ्य सामग्रीहरु पनि