विराटनगर / नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ । चलचित्र ‘अञ्जिला’को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि एञ्जिलाको उपस्थिति निश्चित भएता पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण रोकिएको आयोजक न्यु होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ ।
विराटनगर/ ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’मा सहभागी हुनका लागि अभिनेता सौगात मल्ल,अनुप बिक्रम शाही,कृषा चौलागाइँसहित सलोन बस्नेत जापान प्रस्तान गरेका छन्। उनीहरु यहीँ मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी हुन जापान प्रस्तान गरेका हुन्। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसनमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट
विराटनगर/ ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंद्वारा सञ्चालित स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान विराटनगरमा विशेष कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीले उत्पादन गरेका होमकेयर, पर्सनलकेयर र हेल्थकेयर सामग्रीलाई उपभोक्तामार्फत उपभोक्तासम्म पुर्याउने अवधारणामा आधारित यो अभियानले स्वरोजगार सिर्जना र आत्मनिर्भरतालाई प्रोत्साहन गरिरहेको छ। शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अभियानमा उल्लेखनीय योगदान गर्ने सहभागीहरूलाई पुरस्कार प्रदान गरियो। पुरस्कृत हुनेमध्ये
विराटनगर/ नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले सफलताका साथ दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ यात्रा सुरु गरेको छ। वैशाख २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहेको छ। यस्तै उत्साहको बीच, बुधवार साँझ काठमाडौंमा आयोजित विशेष शोमा फिल्म क्षेत्रका प्रतिष्ठित कलाकारदेखि राजनीति, कानुन र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको छ। विशेष शोमा
विराटनगर /चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको
धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ओख्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइ राखिएको प्लास्टिकको २९ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ८ सय ९० किलोग्राम रहेको छ। उक्त
मोरङ / मोरङको धनपालथान गाउँपालिका–३, सोराभागस्थित शिवशक्ति माध्यमिक विद्यालयको प्राङ्गणमा गणेशमान सिंह फाउण्डेशन र लायन्स क्लब अफ बिराटनगरको संयुक्त आयोजनामा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता फाउण्डेशनका अध्यक्ष फुलकुमार लालबानीले गरेका थिए भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि थिए। कोशी प्रदेशका सांसद अमृतकुमार अर्याल, गयानन्द मण्डल, डोल्मा तामाङ, धनपालथान
विराटनगर। मोरङ र झापाका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण व्यूरो विराटनगर र प्रहरी चौकी टाघनडुब्बा तथा काँकरभिट्टाबाट खटिएको टोलीले जेठ ८ गते विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, मोरङको विराटनगर महानगरपालिका–१५ बाट सुन्दर हरैचा नगरपालिका–१० निवासी समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई १ ग्राम
इलाम / चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा इलामको श्री अन्तुमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु गरेको छ। चार दिने यस कार्यक्रम जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको पहिलो दिन सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पत्रकारहरूलाई
विराटनगर। मोरङको कानेपोखरीमा प्रदेश सांसद चढेको कार र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले चलाएको गाडी आपसमा ठोक्किएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा सोमबार दिउँसो दुर्घटना भएको हो। झापाबाट विराटनगर आउँदै गरेको बा५च ३५३० नम्बरको कार र विराटनगरबाट झापा जाँदै गरेको बीएई १४०६ नम्बरको ठोक्किएर दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका