तीजको गीत‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक

विराटनगर । नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ। अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र

मोरङ धनपालथानबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ्गको धनपालथान गाउँपालिका वडा नम्बर २ पैठा स्थित प्रहरी चौकी अमाहि बर्याती बाट खटिएका प्रहरी टोली ले लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारततर्फ जाँदै गरेको बि .आर 38 q 5686 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई प्रहरीले शंका लागी रोकेर चेक जाँच गर्दा २५ केजी २५०ग्राम गाँजा बरामद गरिएको हो। पक्राउ परेका व्यक्ति

मोरङमा देवरद्वारा बुहारीको हत्या, अंशबन्डा विवादले लियो ज्यान

विराटनगर ।मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबन्डा सम्बन्धी पुरानो विवादका कारण एक महिला आफ्नै देवरको हातबाट ज्यान गुमाउन पुगेकी छन्। हत्या आरोपमा प्रहरीले ६९ वर्षीय टंकबहादुर बस्नेतलाई पक्राउ गरेको छ। उनी मृतक ६० वर्षीया टीकामाया कार्की बस्नेतका देवर हुन्। टीकामाया, टंकबहादुरका दाजु गणेशबहादुर बस्नेतकी पत्नी हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २१ गते बिहान बारीमा

अमेरिकाले १४ देशविरुद्ध आयात कर बढाउने ट्रम्पको घोषणा, अगस्ट १ देखि लागू हुने

विराटनगर । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशबाट हुने वस्तु आयातमा उच्च कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका पत्रहरू अनुसार अब ती देशहरूबाट अमेरिका भित्रिने सामानहरूमा २५ देखि ४० प्रतिशतसम्म आयात कर लाग्ने भएको छ। सीएनबीसी न्युजका अनुसार ट्रम्पले सोमबार जापान, दक्षिण कोरिया, मलेसिया, कजाकिस्तान, दक्षिण अफ्रिका, लाओस र

रसुवामा बाढी: १८ जना बेपत्ता

विराटनगर। रसुवामा लगातारको वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ । गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आइतबार बिहान भोटेकोशी नदीमा आकस्मिक बाढी आएपछि १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमध्ये ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै, उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान

नायक निखिल उप्रेती नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) को ब्राण्ड एम्बेसेडर नियुक्त

विराटनगर। नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीलाई नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) क्रिकेट प्रतियोगिताको ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपीएलले उप्रेतीलाई ब्राण्ड एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। दशकौँ लामो समयदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहँदै आएका सुपरस्टार उप्रेती पर्दामा आफ्नो दमदार संवाद र एक्सनका लागि चर्चित छन् भने पर्दाबाहिर आफ्नो

हिम स्टार उर्जा कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुला

विराटनगर । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबरको ९ लाख ३२ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्कासन गरेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो। कम्पनीले नेपाल

देशभर मनसुनी प्रभाव तीव्र, केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर ।देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको अवस्थामा आज मंगलबार देशका केही भूभागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी वायुको प्रभाव तीव्र बनिरहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको प्रभाव सबै प्रदेशमा देखिने महाशाखाको भनाइ छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

स्वस्थ्य जीवनका लागि खानपानमा ध्यान दिन स्वास्थ्य मन्त्री राईको सुझाव

विराटनगर। कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्वस्थ जीवनशैली कायम गर्न खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित “स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाका लागि आयोजित पैरवी कार्यक्रम” उद्घाटन गर्दै मन्त्री राईले समाज, प्रदेश तथा राष्ट्रलाई स्वस्थ बनाउने अभियानमा सञ्चारकर्मीहरू सक्रिय बन्नुपर्ने बताए। उनले

प्रतिबन्धित लागू औषधसहित चार जना पक्राउ

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत लागू औषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। असार २२ गते झापा, मोरङ, उदयपुर र धनकुटाबाट एक–एक जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग