विराटनगर। रसुवामा लगातारको वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ । गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आइतबार बिहान भोटेकोशी नदीमा आकस्मिक बाढी आएपछि १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमध्ये ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तै, उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान
विराटनगर। नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीलाई नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) क्रिकेट प्रतियोगिताको ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपीएलले उप्रेतीलाई ब्राण्ड एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो। दशकौँ लामो समयदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहँदै आएका सुपरस्टार उप्रेती पर्दामा आफ्नो दमदार संवाद र एक्सनका लागि चर्चित छन् भने पर्दाबाहिर आफ्नो
विराटनगर । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत बराबरको ९ लाख ३२ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि सार्वजनिक रूपमा निष्कासन गरेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको थियो। कम्पनीले नेपाल
विराटनगर ।देशभर मनसुन थप सक्रिय बन्दै गइरहेको अवस्थामा आज मंगलबार देशका केही भूभागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनी वायुको प्रभाव तीव्र बनिरहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको प्रभाव सबै प्रदेशमा देखिने महाशाखाको भनाइ छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
विराटनगर। कोशी प्रदेशका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्वस्थ जीवनशैली कायम गर्न खानपानमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित “स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी सञ्चारकर्मी एवं सरोकारवालाका लागि आयोजित पैरवी कार्यक्रम” उद्घाटन गर्दै मन्त्री राईले समाज, प्रदेश तथा राष्ट्रलाई स्वस्थ बनाउने अभियानमा सञ्चारकर्मीहरू सक्रिय बन्नुपर्ने बताए। उनले
विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत लागू औषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। असार २२ गते झापा, मोरङ, उदयपुर र धनकुटाबाट एक–एक जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग
विराटनगर। मोरङ र सुनसरीका सुन–चाँदी व्यवसायीहरूले नेपाल सरकारको अव्यवहारिक कर नीतिको विरोधमा सोमबार विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङ, सुनसरी तथा आसपासका नगर इकाइहरूको संयुक्त आह्वानमा गरिएको विरोध कार्यक्रममा ३ सयभन्दा बढी व्यवसायी सहभागी भएका थिए। ‘सुन व्यवसायी एउटै छाता मुनी एकजुट छन्’ भन्ने सन्देश दिनका लागि व्यवसायीहरू
विराटनगर। काठमाडौंमा भारतीय नागरिकमाथि लुटपाट गर्ने गिरोहमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र नीलकुमार तामाङ रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको नयाँबजार क्षेत्रबाट गएको शुक्रबार (असार २०) पक्राउ गरेको हो। प्रहरीका अनुसार ती तीनजनाले भारतीय नागरिकलाई होटेल
विराटनगर। सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरिने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारीको आइतबार बसेको कार्यसमितिको बैठकले हरेक वर्ष असार २७ गते मनाइने संस्थाको स्थापना दिवसका अवसरमा प्रदान गरिने पुरस्कारबाट पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो । पुरस्कार दातासहितको परामर्श एवं पुरस्कार छनोट समितिको सिफारिसको आधारमा पुरस्कृत
विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा नियन्त्रण बाहिर जान खोजेपछि प्रहरीले दुई राउन्ड हवाइ फायर गर्नुपरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोली आइतबार दिउँसो रंगेली नगरपालिका–८ मा पुगेर कारबाही गरेको हो। इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा पुगेको टोलीले